सिरहाबाट एमाले महासचिव पोखरेलले भने २ नम्बर प्रदेश एमालेले यसरी कब्जा गर्दैछ



हाम्रो इकोनोमि

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले २ नं प्रदेशमा पनि आफ्नो पार्टीलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

सिरहा धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “काँग्रेस, माओवादी केन्द्रलगायतका दलले जतिसुकै बल गरे पनि एमालेलाई २ नं प्रदेशमा पनि एक नम्बर पार्टी बन्नबाट रोक्न सकिन्न । ”

महासचिव पोखरेलले पहिलो र दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनमा जस्तै २ नं प्रदेशमा पनि एमालेप्रति जनलहर छाएको छ भन्दै “एमालेलाई मधेशका जनताले माया, ममता गर्दै हुर्काएको हो, त्यसैले पनि एमालेलाई यहाँका जनताले अत्यधिक मत दिएर पहिलो शक्ति बनाउने छन्” भन्नुभयो ।

नेकपा (एमाले)ले तराई मधेशको विकासका लागि गरेका कार्यहरु र तराई मधेशमा ठूला पूर्वाधार निर्माण गरेर औद्योगिकीकरण गरी युवालाई स्वरोजगार गर्न अघि सारेका एजेण्डाकै कारण एमाले पक्षमा तराई मधेशका जनता उत्साहित देखिएको उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले केही राजनीतिक दलले तराई मधेश र पहाडको बीचमा भावनात्मक दूरी बढाउने कोशिस गरिरहेको आरोप लगाउँदै मधेश र पहाडका जनताबीच बढ्दै गएको दूरीलाई कम गर्न र एकापसमा जोड्न आफ्नो पार्टी अघि बढेको धारणा पनि व्यक्त गर्नुभयो ।

सभामा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितले काँग्रेस, माओवादीको चुनावी एजेण्डालाई पहिलो र दोस्रो चरणमा निर्वाचन भएका प्रदेशका जनताले अस्वीकृत गरिसकेकाले २ नं प्रदेशका जनताले पनि उनीहरुको एजेण्डालाई अस्वीकृत गरी एमालेलाई जिताउने दाबी गर्नुभयो ।

एमालेबाट धनगढीमाई नगरपालिकाको प्रमुख पदका उम्मेदवार शिवशंकर महतो र उपप्रमुखका उम्मेदवार निर्मला पासवानले नगरपालिकाका विभिन्न वडामा देखिएको खानेपानीको समस्या समाधान गर्ने, नगरको समग्र विकासका लागि गुरुयोजना तयार गरी समृद्ध नगरपालिकाका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...