चुनावको मुखमा कांग्रेस–माओवादी बाझा बाझमा उत्रिए,को-को भए खुसी?



तेस्रो चरणको स्थानीय तहकोे मिति नजिकिदै जाँंदा सत्ता गठबन्धनकाका मुख्य दुईदल कांग्रेस–माओवादीका शीर्ष नेताहरु बीचनै खटपट सुरु भएको छ । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा केही ठाँउमा गठबन्धन गरेका नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको सम्बन्धमा खटपट शुरु भएको नेताहरुको आरोप प्रत्यारोपमा सजिलै बुझ्न सकिन्छ । बिशेष गरी तेस्रो चरणमा दुई पार्टीबीच चुनावी तालमेल नभए पछि त्यसको दोष एक अर्कालाई लगाएका छन् । सर्लाहीको लालबन्दी र मलंगवा लगायतका ठाँउमा अन्तिम चरणमा आएर तालमेल भाडिएको थियो ।

प्रमुख प्रतिपक्षी दल एमाले विरुद्ध सवै तहका निर्वाचन र निर्वाचनपछि पनि सहकार्य गर्ने उद्घोष दुवैदलका प्रमुख नेताले पटक–पटक गरेका भएपनि तेस्रो चरणको स्थानीय निर्वाचनमा आफूले सोचे अनुरुप तालमेल हुन सकेन ।
सत्तारुढ कांग्रेस–माओवादीका नेताहरुले एक अर्कालाई आफ्नो पुच्छर भएको आरोप लगाएका छन् । प्रदेश २ को स्थानीय तह चुनाव प्रचारका क्रममा तराईमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको अहंकारका कारण प्रदेश २ को स्थानीय तहमा प्रभावकारी तालमेल हुन नसकेको वताएकै भोलिपल्ट कांग्रेसका शीर्ष नेताले त्यसको खण्डन गरे ।

सरकारका मुख्य घटक दुवै दलले तीनै तहका चुनाव र अन्य सामाजिक संघ संस्थाका चुनावमा पनि तालमेल गर्दै आएका छन् । चुनावी तालमेल गरे पनि स्थानीय तहका २ चरणका निर्वाचनमा एमाले सबैभन्दा ठूलो दल बनेको छ ।
आलोपालो सरकारको नेतृत्व गर्ने सम्झौता गरी सरकारमा साझेदारी गरिरहेका दुई दल बीच आगामी प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा समेत चुनावी तालमेल गर्ने योजना रहेको स्रोतको दाबी छ ।
प्रदेश नं २ मा हुने तेस्रो चरणको स्थानीय चुनावमा उनीहरुले वडा तहदेखि प्रमुख उपप्रमुख पदमा संयुत्तः उम्मेदवारीको गृहकार्य गरेका थिए । तर, वडाका उम्मेदवारमा भागबण्डा नमिल्दा उनीहरुले सोचेजस्तो औपचारिक तालमेल हुन सकेन । यसकै आवेगमा दुई दलका नेताहरुले एक अर्कालाई आफ्नो दलको पुच्छर भएको वताएका हुन् ।
‘माओवादीले केही गर्न पनि सक्दैन, उसको कुनै हैसियत पनि छैन’ वीरगञ्जमा बिहीबार आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री कोइरालाले भने । यसको एकदिनअघि माओवादी अध्यक्ष दाहालले कांग्रेसको अहंकारका कारण चुनावमा तालमेल प्रभावकारी हुन नसकेको बताएका थिए ।

दाहालले कांग्रेसको अहंकारका कारण तालमेल हुन नसकेको अभिब्यक्ति दिएपछि कांग्रेस कार्यकर्ताहरुले त्यसप्रति तीब्र प्रतिक्रिया दिएका छन् । अहिले सामाजिक संजालमा कांग्रेस कार्यकर्ताहरुले पहिलो चरणमा भएको भरतपुर महानगरको चुनावी तालमेललाई लिएर आफ्नो वालमा असन्तुष्टि पोखिरहेका छन् । ‘भरतपुरमा वडा अध्यक्ष समेत जित्ने हैसियत नभएकी आफ्नी छोरीलाई कांग्रेसले मेयर बनाइदिने अनि उल्टै कांग्रेसलाई अहंकारी भन्ने ?’ कांग्रेस कार्यकर्ताहरुले प्रश्न उठाएका छन् ।
पहिलो चरणको स्थानीय निर्वाचनमा भरतपुर महानगरमा मेयरमा कांग्रेसले माओवादी केन्द्रलाई समर्थन गरेको थियो भने पोखरा लेखनाथ महानगरमा माओवादी केन्द्रले कांग्रेसलाई सघाउने तालमेल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्