देउवाले हौसिदै भने- १०० दिनमा मैले जति अरु कुनै प्रधानमन्त्रीले काम गर्न सकेनन्,त्यसैले म ऐतिहाँसिक प्रधानमन्त्री हूँ



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सय दिने कार्यकाल अत्यन्तै सफल र ऐतिहाँसिक भएको दाबी गरेका छन् ।
शुक्रबार बाराको सिमरास्थित् होटल ईच्छामा संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले यस्तो दाबी गरेका हुन् । उनले भने,“नेपालको ईतिहाँसमा सय दिनमा मैलेजति कुनै पनि प्रधानमन्त्रीले काम गर्नुभएको छैन, २ नम्बर प्रदेशको चुनाव गराउनु सानो उपलब्धि हो, यो चुनावसँगै मुलुक अब संविधान कार्यान्वयन भएर समृद्धिको यात्रामा लम्बिएको छ, त्यसैले मैले धेरै काम गरेको छु, यसको मुल्यांकन ईतिहाँसले गर्छ।”

प्रधानमन्त्री देउवाले मधेशमा आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने समेत दाबी गरे । “मधेश र कांग्रेसको अत्यन्तै प्रगाढ सम्बन्ध छ, साँच्चै भन्ने हो कांग्रेस र मधेश एक आपसमा अन्योन्याश्रित नै हुन्, यहाँको विकासको लागि हामीले जति अरु कुनै पार्टीले पनि काम गर्न सक्नुभएको छैन, देउवाले अघि थपे,“त्यसैले यो चुनावमा मधेशका जनताले कांग्रेसलाई अत्यधिक बहुमत दिएर जिताउनेछन्।”

मधेशमा यहाँका जनताले कांग्रेसलाई एक नम्बर पार्टी बनाउने उनको विश्वास थियो । देउवाले थपे,“धेरै भन्दा धेरै सिट कांग्रेसले जित्छ, हामी २ नम्बर प्र्रदेशमा एक नम्बर पार्टी बन्छौं ।”
त्यस्तै देउवाले आज साँझ काठमाडौं फर्किए लगत्तै आफू आन्तरिक छलफलमा जुट्ने र सल्लाहकारहरु नियुक्ती गर्ने योजना समेत सुनाए ।

मन्त्रिमण्डल विस्तारलाई लिएर उनले आफ्नो बाध्यात्मक कदम भएको स्पष्ट पारे । देउवाले थपे,“मन्त्रिमण्डल विस्तार गर्नु मेरो बाध्यता हो, अहिले संक्रमणकालिन अवस्थामा हामी छौं, त्यसैले यो मेरो बाध्यता कदम हो, त्यसमा पनि गठबन्धनको सरकार छ, सबैलाई मिलाएर अघि बढ्नुपर्ने बाध्यताले यस्तो भएको हो, यो मैले कुनै रहरले गरेको होईन ।”

एमालेबारे टिप्पणी गर्दै उनले भने,“एमालेले परिवर्तनलाई आत्मसात् गर्न चाहेको छैन, उसलाई यहाँका जनताले भोट हाल्दैनन्, मधेशलाई अधिकार दिने भनेको कांग्रेसमात्रै हो, त्यसैले संघीयता र गणतन्त्र नरुचाउने दललाई किन भोट हाल्ने ?“

असोज २ गते हुने स्थानी तहको तेस्रो चरणको निर्वाचनको चुनावी प्रचारप्रसार र आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा अहिले मधेशमा व्यस्त छन् । उनले आजपनि विभिन्न ठाउँमा हुने बृहत्त आमसभलाई सम्बोनध गर्ने कार्यक्रम रहेको छ । ऋषी धमला बाट

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...