मन्त्री बोहराद्वारा दशैँ मेलाको उद्घाटन



हाम्रो इकोनोमि

विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले दशैँको अवसर पारेर भक्तपुरमा आजदेखि शुरु भएको दशैँ मेलाको उद्घाटन गर्नुभएको छ ।

उहाँले दशैँको अवसरमा विभिन्न ठाउँमा उपभोक्ता आकर्षित गर्नका लागि हुने मेलामा व्यापक उपभोक्ता ठगी हुने गरेको तर्फ सचेत रहन मेलामा आएका उपभोक्तालाई आग्रह गर्नुभयो ।

मेलामा म्याद सकिएका सामग्रीदेखि कमसल सामग्री र सस्तो सामानलाई बढी मूल्य लिएर बिक्री गर्ने गरेको पाइएकाले यो मेलामा भने गुणस्तरीय र सर्वसुलभ सामानमात्रै राख्न मन्त्री बोहराले आग्रह गर्नुभयो ।

असोज ५ गतेसम्म सञ्चालन हुने मेलामा भक्तपुरको कला संस्कृतिका साथै स्थानीय उत्पादनदेखि विभिन्न देशी÷विदेशी उत्पादनको ११३ कक्ष रहेको छ । सांस्कृतिक झाँकी प्रहसनका साथै मेला अवधिभर नेपालका चर्चित गायक÷गायिकाका साथै हास्य कलाकारले मनोरञ्जन प्रदान गर्ने छन् । मेलामा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स सामान, दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री र पर्यटन प्रवद्र्धन गर्ने कक्ष रहेका छन् ।

मेलामा प्रवेश शुल्क रु ५० तोकिएको छ । करिब पाँच लाख उपभोक्ताले अवलोकन गर्ने र रु २५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...