बुद्ध एयरबाट पोखरा–भरतपुर–भैरहवा हवाई उडान



हाम्रो इकोनोमि

बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ ।

उक्त कंपनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो ।

त्यस्तै ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । उन्नाइस सिट क्षमताको सो बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने म्यानेजर बरालले बताउनुभयो ।

पोखराबाट भरतपुर एकतर्फी नेपालीका लागि भाडा रु ।तीनहजार ६०० र विदेशीका लागि ९२ डलर कायम गरिएको छ । त्यस्तै पोखराबाट भैरहवाका लागि नेपालीलाई रु चार हजार २०० र विदेशीका लागि ९७ डलर कायम गरिएको छ ।

यी उडान आजदेखि नियमित हुने बरालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

कात्तिकका लागि बैंकहरूले घटाए ब्याजदर

      कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ ।...

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच छुट सम्झौता

    आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड र प्रभु बैंक लिमिटेड बीच...

नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुल्यो

    नबिल बैंक लिमिटेडले नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत...