आज अन्तिम दिन चुनाबी नतिजा हत्याउन शीर्ष नेता मैदानमा,को-को कहाँ-कहाँ कुर्लिदैछन्



हाम्रो इकोनोमि

सधैं राज्य र दलहरूबाट कर्नर परेको भनी गुनासो गर्दै आएको मधेसमा यतिखेर गज्जबको निर्वाचनको माहोल छ । नेपालका सम्पूर्ण राजनीतिक दलका शीर्ष नेता यतिखेर मधेसमै छन् । लामो समयदेखि प्रमुख दलका नेताहरूलाई भेट्न र आफ्ना समस्या राख्न नसक्ने तराईवासीकहाँ हिजोआज नेताहरू आफैं पुगी विभिन्न वाचा गरिरहेका भेटिन्छन् ।

असोज २ गते हुने स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन आज प्रमुख दलका सबै शीर्ष नेता तराईका आठ जिल्ला केन्द्रित छन् । शुक्रबार मध्यरातिदेखि मौज अवधि सुरु हुने भएकाले प्रायः नेताहरूले आज दुई दुई ठाउँमा चुनावी कार्यक्रममा सहभागिता जनाउने गरी कार्यतालिका सार्वजनिक गरेका छन् ।

संघीय समाजवादी फोरम, राजपा, नेपाल लोकतान्त्रिक फोरमलगायतका दलका शीर्ष नेताहरू भने आज एक दर्जनभन्दा बढी स्थानका चुनावी कार्यक्रममा व्यस्त हुने भएका छन् । राप्रपा अध्यक्ष कमल थापाबाहेक सबै दलका अध्यक्ष मधेसमै छन् । थापा भने चुनाव प्रचार प्रसारमा नजाने भएका छन् ।

प्रदेश नम्बर दुईमा असोज दुई गते हुने स्थानीय तहको निर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम दिन हो । चुनावी प्रचार प्रसारका प्रमुख तीन दलका शीर्ष नेता आज मधेसमा अति नै व्यस्त छन् । नेपाली कंग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीले विभिन्न स्थानमा हुने चुनावी सभालाई आज सम्बोधन गर्ने कार्यक्रम छ ।

देउवाले प्रदेश नम्बर २ अन्तर्गतको एउटा मात्र महानगर वीरगञ्जमा अपरान्ह २ बजे हुने सभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले बाराको कलैया नगरपालिकामा हुने चुनावी सभालाई अपरान्ह १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको कंग्रेसले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्लाहीको लालबन्दी र वीगञ्जको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । एमाले अध्यक्ष ओलीले बाराको सिमरा जितपुर उपमहानगरको चुनावी सभा र महोत्तरीको बर्दिबासमा हुने सभालाई सम्बोधन गर्दैछन् । ओली प्रदेश नम्बर २ मा पहिलो पटक सहभागी हुन जान लागेका हुन् । बर्दिवासको चुनावी सभामा उनले राजपाका महामन्त्री जंगीलाल रायलाई एमाले प्रवेश गराउन लागेका छन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सिरहाका विभिन्न स्थानमा हुने चुनावी सभामा सरिक हुने बताइएको छ । राष्ट्रिय जनता पार्टीका शिर्षस्थ नेता पनि २ नम्बर प्रदेशका आठवटै जिल्लामा आज हुने सभाको तयारीमा व्यस्त छन् । महन्थ ठाकुर पहिलोपल्ट चुनावी कार्यक्रममा सहभागी हुँदैछन् । राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा, राजकिशोर यादवलगायत सबै तराईमा छन् ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छदारले सिरहा, धनुषा र सर्लाहीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै, नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि बारा, रौतहट र पर्साका विभिन्न सभामा सहभागिता जनाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...