साइत हेरेरै ओली भोली जाने भए मधेश,कुन नेताले कहाँ-कहाँ हङ्गामा मच्चाउदै छन्?



हाम्रो इकोनोमि

प्रदेश–२ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमालेले प्रचारप्रसारलाई तिब्रता दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक सबै नेता तराईंमै केन्द्रित भएको बेला ओली समेत शुक्रबार तराई झर्ने भएका छन् ।
ओलीले शुक्रबार जितपुर–सिमरा उपमहानगरपालिका, बर्दिया नगरपालिमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार वरिष्ठ नेता माधव नेपाल गृहजिल्ला रौतहटका चुनावी कार्यक्रममा व्यस्त छन् । नेपाल बारा, पर्सा र महोत्तरीका चुनावी सभामा पुग्ने कार्यक्रम छ । नेता झलनाथ खनालले शुक्रबार बाराका विभिन्न स्थानीय तहमा पुगेर प्रचार प्रशारलाई तिब्रता दिँदै छन् । एमालेले प्रदेश–२ मा समेत पहिलो पार्टी बन्ने अभियान स्वरुप सबै शीर्ष नेतालाई विभिन्न स्थानीय तहमा खटाएको छ ।

उपाध्यक्ष वामदेव गौतम र भीम रावल विभिन्न जिल्लाका चुनावी कार्यक्रममा सहभागी हुँदै छन् । महासचिव ईश्वर पोखरेल वीरगञ्ज महानगरपालिकामा बढी प्रभावित क्षेत्रमा केन्द्रित हुँदै बारा र पर्साका विभिन्न कार्यक्रममा सक्रिय भएर अहिले महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । पोखरेल शुक्रबार सिरहा र सप्तरीका कार्यक्रमहरुमा केन्द्रित हुनेछन् ।

पार्टी सचिव प्रदीप ज्ञवाली केही दिनयता तराईमै छन् । बिहीबारदेखि भने सचिव ज्ञवाली सिरहामा केन्द्रित भएका छन् । अर्का सचिव भीम आचार्य सप्तरीमा केन्द्रित छन् । सचिव गोकर्ण विष्ट शुक्रबार सर्लाही पुग्दै छन् । सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई सप्तरी, सिरहा, धनुषा र महोत्तरीका कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी भइरहेका छन् शुक्रबार भने सर्लाहीका नगरपालिकाकेन्द्रित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै छन् ।

एमाले प्रदेश–२ का संयोजक सत्यनारायण मण्डल एक महिनादेखि मधेसमै छन् । मण्डल गृहजिल्ला सप्तरीका चुनावी कार्यक्रममा सक्रिय छन् भने प्रदेश–२ का सहसंयोजक नागेन्द्र चौधरी गृहजिल्ला पर्सा र बाराका चुनावी कार्यक्रममा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...