राणाले भने- पार्टी फुटे पछी कमल थापाको होस हरायो,अहिले बर्बराउन थालेका छन



हाम्रो इकोनोमि

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले मधेशका माग सम्बोधन गर्नको लागि आफ्नो पार्टी सरकारमा सामेल भएको स्पष्ट पारेका छन् ।बिहीबार साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले पार्टी फुटाएरै भएपनि मधेशका माग सम्बोधन गर्नको लागि आफ्नो पार्टी सरकारमा सामेल भएको बताएका हुन् ।साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले भने,‘पार्टी एकिकरणपछि स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन भयो, जसमा राप्रपाको कमजोर स्थान रहयो, यसले हाम्रो एकीकरणलाई नेपाली जनताले रुचाएनन्, त्यसैले पार्टी अलग गरेर बृहत एकताको आह्वानमा जुटेका छौँ।’

मधेश आन्दोलनले उब्जाएका मागहरु सम्बोधन गर्नको लागि आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो । राणाले भने,‘मधेशका मागहरु सम्बोधन हुनुपर्छ, मधेशका जायज आवाजहरुलाई दबाउनुहुँदैन, यदि मधेशका माग सम्बोधन नगर्ने हो भने मुलुकमा स्थायित्व, समृद्धि र विकास सम्भव हुँदैन।’राणाले प्रदेश नम्बर २ को निर्वाचन सम्पन्न भएपछि मुलुकमा शान्ति, स्थायित्व र दिगो विकास हुने विश्वास दिलाए । उनले भने,‘सरकार २ नम्बर प्रान्तको निर्वाचन गर्नको लागि जुटिरहेको छ, निर्वाचनपछि मधेशका जनताले आफ्ना जनप्रतिनिधिहरु पाउँछन् र मधेशको विकास, अधिकारहरुको सुनिश्चितताको वातावरण बन्छ।’

 

हालै सरकारमा सामेल भएका मन्त्रीमध्ये विज्ञान तथा प्रविधि मन्त्री दिपक बोहरालाई नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिएको र भष्टा«चार गरेको भन्दै कमल थापा निकट विद्यार्थीहरु आन्दोलनमा छन् यस्तो स्थितिमा उहाँलाई किन सरकारमा पठाउनु भएको हो भन्ने सञ्चाकर्मीको प्रश्नको जवाफमा राणाले भने,‘कमल थापाले हामीलाई विभिन्न रुपमा सम्बोधन गर्नुभएको छ, उहाँले लगाएका आरोपहरु सही होइनन्, पार्टी कमजोर भएकोले उहाँले रिस पोखि रहनुभएको छ।’उहा यस्तै भईरहे कुन दिन देखी होश हराएर बस्नुहुनेछ-राणाले थपे ।

बृहत्त एकताको नाराले कसलाई सम्बोधन गर्न खोजेको हो नि भन्ने सञ्चारकर्मीको अर्को प्रश्नमा अध्यक्ष राणाले भने,‘राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिनुपर्छ, स्थायी शान्ति र दिगो विकासको लागि सरकार र अन्य दलहरुलाई यो अभियानमा लाग्न आग्रह गर्दछु, यस कार्यमा उभिदा मुलुक आत्मनिर्भर बन्छ, शान्ति र स्थायित्व हुन्छ।’अध्यक्ष राणाले डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको ए–राप्रपा राष्ट्रवादीले चाहे पार्टी एकता गर्नको लागि आफ्नो पार्टी तयार रहेको समेत स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस
खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...