राँगाबाट मासिक नब्बे हजार कमाइ



हाम्रो इकोनोमि

राँगा पालेर खेत जोत्ने हो, धेरै भए गाडा तान्ने हो । कमाइ भनेको खेतमा फलाएको अन्नबाली र गाडामा ढुवानी गरेर आउने आम्दानी होला भनेर अनुमान गर्र्दै हुनुहुन्छ भने तपाई गलत अनुमान गरिरहनुभएको छ ।

शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका नारायण रानाले पालेको राँगाले मासिकरुपमा रु ९० हजार बढी कमाइ गर्दै आएको छ । भैँसीमा गर्भाधान गराएर मासिकरुपमा राँगाबाट रानाले आम्दानी गर्र्दै आउनुभएको हो । दैनिक तीनवटा भन्दा बढी भैँसीमा राँगाले गर्भाधान गर्दै आएको छ ।

नगरपालिका क्षेत्रका अधिकांश भैँसीपालकले उन्नत नश्लको राँगा भएकाले रानाकहाँ ल्याउने गरेका छन् । एउटा भैँसीलाई गर्भाधान गराएबापत रानाले रु एक हजार लिनुहुन्छ । उहाँले चार वर्षअघि रु ३५ हजारमा खरिद गर्नुभएको राँगाले मनग्य आम्दानी दिन थालेको छ ।

पाँचजना परिवारको लत्ताकपडा, खाद्यान्न र दैनिक खर्च राँगाको कमाइले धानिँदै आएको रानाले बताउनुभयो । राँगाको कमाइबाट आउने रकमले उहाँले रु दुई लाख खर्चेर घरमै किराना पसल खोल्नुभएको छ । किराना पसल र राँगाको कमाइ गरी मासिकरुपमा रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको राना बताउनुहुन्छ ।

राँगा पाल्नका लागि उहाँले एक बिगाहा खेत वार्षिकरुपमा रु २५ हजार तिर्ने गरी भाडामा लिई घाँसखेती गर्दै आउनुभएको छ । राँगालाई तन्दुरुस्त पार्नका लागि दैनिक ब्रान, गुड, खली र भिटामिन घाँससँगै मिसाएर खुवाउने गर्नुभएको छ ।

“घरमै बसीबसी वैदेशिक रोजगारीमा गएकाहरुभन्दा बढी कमाइ हुन थालेको छु”, रानाले भन्नुभयो । राँगा नै आम्दानीको स्रोत भएपछि घरका सबैजना दैनिक राँगाको स्याहार सुसारमा खट्ने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
उखु किसानको अनुदान वापतको ७५ करोड रकम निकासा

    सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ ।...

तराई–मधेशका उखु किसानको काठमाडौं केन्द्रित प्रदर्शन

    सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले...

कोलकात्तामा मल रोकिँदा नेपालमा अभाव : कृषिमन्त्री

    कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्तिको...

हालसम्म देशभर ९१ प्रतिशत धान रोपाइँ

     देशभरि हालसम्म ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा...