केहि शीप नचल्ने देखे पछी कांग्रेस यसरी आयो,राजपा र एमालेलाई सोच्नै नसक्ने दोष लगायो



आगामी असोज २ गते हुने प्रदेश नम्बर दुर्इको स्थानीय निर्वाचनका लागि मधेसमा माहोल खडा गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरु मैदान उत्रिएका छन् । मधेसको मन जित्ने र चुनावी नतिजालार्इ आफ्नो पक्षमा पार्ने उद्देश्यसहित शीर्ष नेताहरु मधेस झरेका हुन् ।

प्रदेश नम्बर दुर्इको सांस्कृतिक तथा राजनीतिक केन्द्र मानिने जनकपुरमा आयोजित बृहद चुनावी सभालार्इ कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता विमलेन्द्र निधिलगायतका प्रभावशाली नेताहरुले सम्बोधन गरेका छन् । उनीहरुले मधेसको मन दुख्न नदिने वाचा गर्दै मधेसका मुद्दालार्इ सम्बोधन गर्न संविधन संसोधन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कांग्रेसका शीर्ष नेताहरुले एमालले मधेसमा द्‍वन्द तथा विभाजन ल्याउन खोजेको आरोप लगाउँदै मधेसको आक्रोशित मनलार्इ मलम लगाउने प्रयास गरेका छन् ।

संविधान संसोधन एमालेले फेल गरायो : निधि

पूर्व उपप्रधान तथा गृहमन्त्री एवम नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले ज्ञानेन्द्रसँग मिलेर एमालेले संविधान संसोधन विधेयक फेल गराएको आरोप लगाएका छन् । उनले एमालेले मधेसलार्इ अधिकार दिनबाट बञ्चित गराउन खोजेको आरोप लगाउँदै यस्तो बताएका हुन् ।

नेता निधिले मुलुकमा विकासको लहर ल्याउन दुई नम्बर प्रदेशमा नेपाली काँग्रेको झण्डा फहराउन आग्रह गरेका छन् । नेपाली काँग्रेस मुलुकको विकासप्रति प्रतिवद्ध पार्टी रहेको भन्दै असोज दुई गते हुने स्थानीय तह निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई निर्वाचित गराउन निधिले मतदाताहरुसँग अपिल गरेका छन् ।

नेता निधिले नेपाली काँग्रेसकै पहलमा विकास निर्माणका पूर्वाधारहरु अगाडी बढेको बताउँदै नेपाली काँग्रेस निर्वाचित भए धनुषा तथा प्रदेश नम्बर दुईको विकास निश्चित रहेको उल्लेख गरे । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा धनुषाको सीमावर्ती क्षेत्र पिपरौनमा भन्सार कार्यालय सञ्चालन गर्ने प्रस्ताव अगाडी बढी सकेको समेत उनले जानकारी दिए ।

प्रदेश नम्बर दुईका साथै मुलुकको राजनीतिक निकास तथा विकासको एजेन्डा अगाडी बढाउन नेपाली काँग्रेसको नेतृत्वलाई निर्वाचित गराउन उनले आग्रह गरेका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका पार्टी नेता कार्यकर्ताहरुलाई समेत एकजुट भएर काँग्रेसका उम्मेदवार लाई निर्वाचित गराउन उनले आग्रह गरेका छन् ।

चुनाव भन्दा बाहिर रहेको आन्दोलनकारी शक्तिहरुलाई चुनावमा ल्याउन नेपाली काँग्रेस सफल भएको भन्दै नेपाली काँग्रेसले मुलुकमा द्धन्द्ध नचाहेको प्रष्ट भएको निधिले बताए । नेपाली जनताले आफ्नो अधिकार प्रयोग गरी निर्माण गरेको संविधानलाई नेपाली काँग्रेसले सर्वस्वीकार्य बनाउन चाहेपनि एमालेको अवरोधका कारण तत्काल संभव हुन नसकेको निधिले प्रष्टाए । एमालेले गरेको असयोगका कारण संविधान संशोधन विधेयक सफल हुन नसकेको बताउँदै एमाले अध्यक्ष केपी ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेर पछिल्लो पटक संविधान संशोधन हुन नदिएको निधिले आरोप लगाए ।

निधिले भने,‘हामी मुलुकमा राजनीतिक स्थिरता ल्याउन चाहेका छौँ । तर, एमालेले चाहेको छैन । मुलुकमा द्धन्द्ध फैलाउनु एमालेको प्रमुख उद्देश्य देखिएको छ ।’ एमालेका नेताहरुले विदेशमा गएर संघीयताको विरोधमा गएर लबिङ गरेर राष्ट्रघाती कार्य गरेको भन्दै एमाले मधेश विरोधी, गणतन्त्र विरोधी र संघीयता विरोधी पार्टी रहेको प्रष्ट भइसकेको निधिले बताए ।

राजपा कतै देखिएन: काँग्रेस नेता गिरी

जनकपुरधाम नेपाली काँग्रेसका प्रभावशाली नेता प्रदिप गिरीले दुई नम्बर प्रदेशमा राजपा कतै नदेखिएको टिप्पणी गरेका छन् । आन्दोलनका नाउँमा अंशवण्डा गर्दै हिडेँका राजपासँग स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको कुनै प्रतिष्पर्धा नरहेको गिरीले दावी गरेका छन् ।

नेपाली काँग्रेस धनुषाले बुधबार जनकपुरमा आयोजना गरेको चुनावीसभामा बोल्दै नेता गिरीले भने,‘ राजपा अंशवण्डामा लागेको छ । नेपाली काँग्रेससँग उसको कुनै प्रतिष्पर्धा देखिएको छैन ।’ जनकपुरमा केहि राजपा देखिएपनि प्रदेश नम्बर दुईको अन्य स्थानमा आफूहरुको प्रतिष्पर्धा एमालेसँग रहेको गिरीले बताए ।

नेपाली काँग्रेस सबैको साझा पार्टी रहेको बताउँदै गिरीले दुई नम्बर प्रदेशमा काँग्रेसका उम्मेदवारलाई निर्वाचित गराउन मतदाताहरुलाई आग्रह गरे । काँग्रेस नेता कृष्ण सिटौलाले नेपाली काँग्रेसले लोकतन्त्र, गणतन्त्र र संघीयता दिएको भन्दै मुलुकमा राजनीतिक स्थिरता ल्याउन नेपाली काँग्रेसको विकल्प नरहेको उनले प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्