चाड लक्षित सुपथ मूल्यको पसल सञ्चालन



हाम्रो इकोनोमि

दशैँ र तिहारमा सर्वसाधारणलाई राहत उपलब्ध गराउने उद्देश्यले विराटनगरमा साल्ट ट्रेडिङ लिमिटेडले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ ।

चिनीमा प्रतिकिलो रु पाँच र नूनमा प्रतिकिलो रु दुई घटाएर ग्राहकलाई उपलब्ध गराउने सो कार्यालयका प्रमुख नवीनचन्द्र झाले जानकारी दिनुभयो ।

विराटनगरस्थित कार्यालयमा सञ्चालनमा ल्याएको उक्त सुपथ मूल्यको पसलबाट चिनी प्रतिकिलो ७७ रुपैयाँ ५० पैसा र नून प्रतिकिलो रु १८ मा बिक्री वितरण भइरहेको छ । बजारमा चिनीको मूल्य प्रतिकिलो रु ८२ तथा नूनको मूल्य रु २५ पर्छ । ग्राहकलाई बढीमा ६ किलोसम्म मात्र दिने गरिएको कार्यालयले जनाएको छ ।

भदौ १६ गते सञ्चालनमा आएको सो सुपथ पसलबाट आज मध्याह्न सम्ममा रु १४ हजार ४१६ मूल्य बराबरको १८६ किलो चिनी र रु १० हजार ४५८ मूल्य बराबरको ५८१ किलो नून बिक्री भएको हो । उक्त सुपथ पसल कात्तिक ९ गतेसम्म सञ्चालनमा रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

कात्तिकका लागि बैंकहरूले घटाए ब्याजदर

      कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ ।...

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच छुट सम्झौता

    आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड र प्रभु बैंक लिमिटेड बीच...

नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुल्यो

    नबिल बैंक लिमिटेडले नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत...