प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु एक करोड दुई लाख सहयोग



दक्षिण कोरियालीको कोरिया साउथ–इष्टपावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ ।

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई आज परारष्ट्र मन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले उक्त रकम हस्तान्तरण गर्नुभयो ।

उक्त रकम उपप्रधानमन्त्री महराले प्रधानमन्त्री कार्यालयका सचिव शंकरप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

उपप्रधानमन्त्री महराले कोरिया साउथ–इष्ट पावर कम्पनीले बाढीपीडितका लागि सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले कम्पनीले सुरु गरेको माथिललो त्रिशूली– १ जलविद्युत् आयोजनाका विषयमा जानकारी लिनुभयो । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत च्याङले अप्पर त्रिशूली–१ ९२१६ मेवा० परियोजना भूकम्पका कारण केही समस्या भए पनि दू्रतगतिमा अगाडि बढाएको जानकारी गराउनुभयो ।

उहाँले विद्युत् खरिद् सम्झौदा९पिपिए०लाई अघि बढाइदिन आग्रह समेत गर्नुभयो । जवाफमा उपप्रधानमन्त्री महराले विद्युत् खरिद सम्झौताका विषयमा आफूले सम्बन्धित निकायसँग कुरा गर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकमा ३ खर्ब ३५ अर्ब थुप्रियो, व्यवस्थापन गर्न सकस

    वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्दीय बैंकलाई तरलता र ब्याजदर व्यवस्थापन

नबिल प्रिमियम रेमिटेन्स बचत खाता वैदेशिक रोजगार श्रमीककालागी साथी

    विदेशमा कामगर्न गएका र श्रम स्वकिृत लिएर बसेको रोजगारीका लागी विदेश

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

    नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको

नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना असारसम्म

    नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको