अरु पार्टीका नेताको हाई-हाई, राजेन्द्र महतोले यस्तो नाटक देखाए पछी जनताको खाए सरपाई



हाम्रो इकोनोमि

प्रदेश नम्बर २ का ८ जिल्लामा अहिले चुनाव प्रचार प्रसार र निर्वाचनको तयारीमा राजनीतिक दलहरु निकै सक्रिय छन्। दुई वर्षअघि छ महिना भन्दा बढी समय बन्दको मार खेपेका मधेसका बजार तथा गाउँका वासिन्दा अहिले आफ्नो जनप्रतिनिधि चयन गर्न आतुर छन्।

प्रदेश नम्बर २ को राजधानी दावी गरिरहेको धनुषाको जनकपुर उपमहानगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेस केन्द्रित दलहरु पनि जित हात पार्ने योजनासहित चुनाव प्रचार प्रसारमा व्यस्त छन्।

जनकपुरलाई आधार बनाएर राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक पार्टी सहितका दलहरुले आफ्नो चुनावी अभियानलाई तीव्र पारेका छन्।

नेकपा एमालेका नेता माधवकुमार नेपाल, योगेश भट्टराई, शंकर पोखरेल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड नारायणकाजी श्रेष्ठ प्रकाश, रामबहादुर थापा बादल लगायतका नेताहरु चुनाव प्रचार प्रसारका लागि जनकपुर आइसकेका छन्। त्यस्तै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रदीप गिरिसहितका नेताहरु पनि एक महिनाअघि नै जनकपुर आएका थिए।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, नेपालका राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो सहितका नेताहरु जनकपुरलाई केन्द्रविन्दु बनाएर चुनावी अभियानमा सक्रिय छन्। मंगलबार जनकपुर आइपुगेका राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाबाट नगर प्रमुखका उम्मेदवार लालकिशोर साहको मत माग्दै केहीबेर साइकल यात्रा गरेका छन्। उनले साइकल चढेको देखेका जनताले धारे हात लगाएर सराप्दै लाज पचेको भनेर टिप्पणी गरेका थिए।

प्रतिक्रिया दिनुहोस
खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...