महसुल नबुझाउने कालो सूचीमा



हाम्रो इकोनोमि

नेपाल विधुत् प्राधिकरण धनगढी वितरण केन्द्रमा लामो समयदेखि विद्युत्को महसुल नबुझाउने ३०५ ग्राहक कालोसूचीमा परेका छन् ।

लाइन काटिएको छ महिनासम्म पनि महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखिएको नेपाल विद्युत् प्राधिकरण धनगढी कार्यालयका लेखापाल गोविन्द ढकालले बताउनुभयो । कालोसूचीमा पर्नेमा घर बिक्री गरी अन्यत्र बसाइँसराइ गरेका, साविकको भन्दा अर्को ठाउँमा घर बनाइ बसेका र केही उद्योग छन् ।

यी ग्राहकबाट महसुलबाफत रु ३३ लाख रकम असुल गर्न बाँकी छ । विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु बक्यौता रकम बुझाउन ऊर्जा मन्त्रालयले जारी गरेको १५ दिने सूचनाको समय सकिएसँगै प्राधिकरण धनगढी शाखाले महसुुल नबुझाई बक्यौता राख्ने ग्राहकको लाइन काट्न थालेको हो ।

तीन दिनमा ४० भन्दा बढी ग्राहकको लाइन काटिएको छ । लाइन काटिएसँगै कतिपय ग्राहकले बक्र्यौता रकम बुझाएर पुनः लाइन जडान गर्न थालेका छन् । गत असारमा नेपाल विद्युत् प्राधिकरण धनगढीको झण्डै रु १२ करोड बक्यौता असुल गर्न बाँकी छ । बक्यौता रकम सबैभन्दा बढी सडक बत्तीको रु पाँच करोड ४३ लाख छ । ग्राहकतर्फ रु एक करोड ९२ लाख, व्यापारिक क्षेत्रतर्फ रु एक करोड, उद्योगतर्फ रु दुई करोड र सामुदायिक क्षेत्रतर्फ रु एक करोड बक्यौैता रहेको प्राधिकरणले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ग्यास अनावश्यक स्टक नगर्न निगमको अनुरोध

     नेपाल आयल निगमले खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै...

पेट्रोलमा इथानोल मिश्रण गर्ने तयारी, वार्षिक ६ अर्बभन्दा बढी रकम बचत हुने

      पेट्रोलको आयात प्रतिस्थापन गर्दै वातावरणमैत्री इन्धन वितरण गर्नका लागि सरकारले...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ...