देउवा र प्रचण्डले खड्का संग १५ करोड बुझेको तथ्य खुल्यो,खड्कालाई गोर्खे लौरी लगाउन देउवा-प्रचण्ड यसरी भए राजी



हाम्रो इकोनोमि

आयल निगम जग्गा खरिद प्रकरणका मुख्य नाइके कार्यकारी निर्देशक गोपाल खड्कालाई कारवाही गर्ने प्रस्ताव मन्त्रिपरिषदमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री मार्फत सम्बन्धित मन्त्रीलाई निर्देशन दिएलगतै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि मुख खोलेका छन् र खड्कालाई गोर्खे लौरी लगाउन देउवालाई सहमती दिएका छन।

आयल निगम जग्गा प्रकरणमा डेढ अर्ब भ्रष्टाचार हुँदासमेत प्रधानमन्त्री देउवा, सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष दाहाल मौन रहँदै आएका थिए । तर दुवैजनाले मंगलबार कारवाहीका लागि मुख खोलेका छन् । प्रधानमन्त्री देउवाले मुख्य सचिवलाई निर्देशन नै दिएका छन् भने २ नम्वर प्रदेशको स्थानीय तह निर्वाचनमा पुगेका दाहालले कारवाही गर्न सरकारसँग आग्रह गरेका छन् ।प्रधानमन्त्री देउवा राजधानी आए लगत्तै बस्ने क्याबिनेट बैठकले खड्का लाई कारबाही गर्ने भएको छ।

संसदीय समितिले जग्गा खरिद प्रकरणमा तीन गुना बढि भ्रष्टाचार भएको ठहर गरेपछि प्रधानमन्त्री देउवाले सक्रियता लिएका हुन् । प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि कारवाही गराउन सक्रियता लिएका छन् । उनले कारवाहीका लागि प्रधानमन्त्रीलाई आफुले आग्रह गरेको समेत सिराहमा वताएका छन् । खड्कालाई अख्तियारले नियन्त्रणमा लिन्छ भन्ने बुझाईमा रहेका देउवाले त्यहाँ बाट केही नहुने भए पछी आफै कारबाही गर्ने निचोडमा पुगेका हुन्। श्रोतका अनुसार प्रचण्ड र देउवा दुबैलाई खड्काले १५ करोड बुझाएका छन र पनि उनी कारबाहीमा पर्ने निश्चित भएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...