साल्ट ट्रेडिङद्वारा चेपाङ बालबालिकालाई खाद्यान्न



हाम्रो इकोनोमि

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, चितवनले आफ्नो ५५औँ स्थापना दिवसको अवसरमा गामबेँसिको चेपाङ संरक्षण केन्द्रका बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ ।

वाार्षिकोत्सवको अवसरमा गरिने फजुल खर्च कटौती गरी त्यो रकम चेपाङ बालबालिकाका लागि सहयोग गरिएको साल्ट ट्रेडिङ कर्पोरेशन चितवन शाखाका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिनुभयो ।

कार्यालयमै बसेर कर्मचारी मिलेर खर्च गर्ने परम्पराबाट माथि उठेर गरिबका लागि भोजन भन्ने मान्यतालाई अगाडि सार्दै आफूले चेपाङ बालबालिकाका लागि खाद्यान्न सामग्री प्रदान गरेको कार्यालयका प्रमुख दाहालले बताउनुभयो ।

कार्यालयले गामबेँसी चेपाङ संरक्षण केन्द्रमा रहेका १०२ बालबालिकाका लागि १५ दिनसम्म पुग्ने चामल, दाल, केराउ, आलु तरकारीलगायतको खाद्य सामग्री र केही बालबालिकाका लागि झोला वितरण गरेको हो ।

केही दिनदेखि खाद्यान्न अभाव भएर समस्या भएका बेला खाद्यान्न सहयोगले बालबालिकालाई ठूलो राहत मिलेको संरक्षण केन्द्रका प्रमुख केपीकिरण शर्माले बताउनुभयो ।

आफूले निकै दुःख र कठिनाइका बाबजुद पनि चेपाङ बालबालिकाको शिक्षा र पालनपोषणमा लागेको बताउँदै उहाँले अन्य निकायले पनि चेपाङ बालबालिकाको संरक्षणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

विभिन्न जिल्लाका स्कुल शिक्षाबाट वञ्चित हुँदै आएका ती चेपाङ बालबालिका अहिले रत्ननगरमा बसेर पठनपाठन गर्दै आएका छन् । बालबालिकालाई विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा संरक्षण केन्द्रले पालनपोषण र शिक्षा दिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...