साल्ट ट्रेडिङद्वारा चेपाङ बालबालिकालाई खाद्यान्न



हाम्रो इकोनोमि

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, चितवनले आफ्नो ५५औँ स्थापना दिवसको अवसरमा गामबेँसिको चेपाङ संरक्षण केन्द्रका बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ ।

वाार्षिकोत्सवको अवसरमा गरिने फजुल खर्च कटौती गरी त्यो रकम चेपाङ बालबालिकाका लागि सहयोग गरिएको साल्ट ट्रेडिङ कर्पोरेशन चितवन शाखाका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिनुभयो ।

कार्यालयमै बसेर कर्मचारी मिलेर खर्च गर्ने परम्पराबाट माथि उठेर गरिबका लागि भोजन भन्ने मान्यतालाई अगाडि सार्दै आफूले चेपाङ बालबालिकाका लागि खाद्यान्न सामग्री प्रदान गरेको कार्यालयका प्रमुख दाहालले बताउनुभयो ।

कार्यालयले गामबेँसी चेपाङ संरक्षण केन्द्रमा रहेका १०२ बालबालिकाका लागि १५ दिनसम्म पुग्ने चामल, दाल, केराउ, आलु तरकारीलगायतको खाद्य सामग्री र केही बालबालिकाका लागि झोला वितरण गरेको हो ।

केही दिनदेखि खाद्यान्न अभाव भएर समस्या भएका बेला खाद्यान्न सहयोगले बालबालिकालाई ठूलो राहत मिलेको संरक्षण केन्द्रका प्रमुख केपीकिरण शर्माले बताउनुभयो ।

आफूले निकै दुःख र कठिनाइका बाबजुद पनि चेपाङ बालबालिकाको शिक्षा र पालनपोषणमा लागेको बताउँदै उहाँले अन्य निकायले पनि चेपाङ बालबालिकाको संरक्षणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

विभिन्न जिल्लाका स्कुल शिक्षाबाट वञ्चित हुँदै आएका ती चेपाङ बालबालिका अहिले रत्ननगरमा बसेर पठनपाठन गर्दै आएका छन् । बालबालिकालाई विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा संरक्षण केन्द्रले पालनपोषण र शिक्षा दिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...