फुटसलले नेपाललाई अन्तरर्राष्ट्रिय क्षेत्रमा चिनाउनुपर्छ : मन्त्री केसी



हाम्रो इकोनोमि

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले फुटसल खेलले नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल तरुण दल, काठमाडौँ महानगरपालिका–२६ एकाई समितिले आज आयोजना गरेको प्रथम वीर गणेशमान स्मृति कप खुल्ला फुटसल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री केसीले पछिल्लो समय फुटसलप्रति युवाको आकर्षण बढ्दै गएको बताउनुभयो ।

“फुटसल खेलको माध्यमबाट नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्छ,”– मन्त्री केसीले भन्नुभयो । उहाँले सबैका लागि खेल, राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल भएकाले खेल क्षेत्रको विकास आवश्यक रहेको बताउनुभयो ।

मन्त्री केसीले नेपालको प्रजातन्त्र प्राप्ति र मुलुकको विकासको आन्दोलनमा स्व गणेशमान सिंहको महत्वपूर्ण योगदान रहेको बताउँदै उहाँको स्मृतिमा उक्त प्रतियोगिता राखेर राम्रो काम गरेको बताउनुभयो । उहाँले खेल क्षेत्रको विकासका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

आजदेखि शुरु भएको उक्त प्रतियोगिता यही भदौ ३१ गतेसम्म चल्ने नेपाल तरुण दल, काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिनुभयो । उहाँले युवालाई खेलप्रति आकर्षण गर्ने उद्देश्यका साथ फुटसल प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

खेलको प्रथम विजेतालाई रु एक लाख नगदसहित प्रमाणपत्र, द्वितीयलाई रु ५० हजारसहित प्रमाणपत्र, राम्रो खेलाडीलाई जुत्ता र राम्रो गोलरक्षकलाई पञ्जा पुरस्कार दिने तरुण दल वडा नं २६ ले जनाएको छ । उक्त प्रतियोगितामा काठमाडौँ उपत्यकाका १२ समूहको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...