फुटसलले नेपाललाई अन्तरर्राष्ट्रिय क्षेत्रमा चिनाउनुपर्छ : मन्त्री केसी



युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले फुटसल खेलले नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल तरुण दल, काठमाडौँ महानगरपालिका–२६ एकाई समितिले आज आयोजना गरेको प्रथम वीर गणेशमान स्मृति कप खुल्ला फुटसल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री केसीले पछिल्लो समय फुटसलप्रति युवाको आकर्षण बढ्दै गएको बताउनुभयो ।

“फुटसल खेलको माध्यमबाट नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्छ,”– मन्त्री केसीले भन्नुभयो । उहाँले सबैका लागि खेल, राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल भएकाले खेल क्षेत्रको विकास आवश्यक रहेको बताउनुभयो ।

मन्त्री केसीले नेपालको प्रजातन्त्र प्राप्ति र मुलुकको विकासको आन्दोलनमा स्व गणेशमान सिंहको महत्वपूर्ण योगदान रहेको बताउँदै उहाँको स्मृतिमा उक्त प्रतियोगिता राखेर राम्रो काम गरेको बताउनुभयो । उहाँले खेल क्षेत्रको विकासका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

आजदेखि शुरु भएको उक्त प्रतियोगिता यही भदौ ३१ गतेसम्म चल्ने नेपाल तरुण दल, काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिनुभयो । उहाँले युवालाई खेलप्रति आकर्षण गर्ने उद्देश्यका साथ फुटसल प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

खेलको प्रथम विजेतालाई रु एक लाख नगदसहित प्रमाणपत्र, द्वितीयलाई रु ५० हजारसहित प्रमाणपत्र, राम्रो खेलाडीलाई जुत्ता र राम्रो गोलरक्षकलाई पञ्जा पुरस्कार दिने तरुण दल वडा नं २६ ले जनाएको छ । उक्त प्रतियोगितामा काठमाडौँ उपत्यकाका १२ समूहको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ