दुई नम्बर प्रदेश तताउन शिर्ष नेताले कहाँ के गर्दैछन



हाम्रो इकोनोमि

स्थानीय तहमा आफ्नो उम्मेदवारका पक्षमा माहोल बनाउन पार्टीका शीर्षनेताहरू चुनावी अभियानमा सक्रिय छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरु चुनावीसभालाई सम्बोधन गर्नका लागि २ नम्बर प्रदेशमा छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सिरहामा चुनावीसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । एमाले सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई पार्टी रणनीति बनाउन २ नम्बर क्षेत्रमै केन्द्रित हुनुहुन्छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि चुनावीसभाका लागि प्रदेश नम्बर २ मै हुनुहुन्छ ।

राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव केहि दिन देखि प्रदेश नम्बर दूई मै हुनुहुन्छ । यसैबिच दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनको लागि कर्मचारी निर्वाचन केन्द्र पुग्ने क्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालले कर्मचारीहरु भोलीसम्म निर्वाचन केन्द्र पुगिसक्ने जानकारी दिनुभयो ।

पर्सीदेखि मतदाता परिचयपत्र वितरणको काम शुरु हुने र मतदाता शिक्षा पनि सँगसँगै दिईने निर्वाचन आयोगले जनाएको छ । त्यसका लागि आयोगले ३१ हजारको हाराहारीमा कर्मचारी खटाएको छ । यस्तै निर्वाचन आयोगले आजै प्रदेशसभा र प्रतिनिधीसभा चुनावका लागि समानुपातिक दलहरुको सुची निकाल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...