प्रचण्डले भने-म त्यस्तो बाघ हुँ,मलाई कमजोर पारे सबै सिद्धिन्छन्



नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई कमजोर पारे सबै सिद्धिने चेतावनी दिएका छन् । माओवादी पार्टी र त्यसको नेतृत्वलाई कमजोर बनाउन प्रतिक्रियावादी ताकतहरु हावी हुने खतरा उनले औंल्याए । उनले आफुलाई राजनितीको बाघका रुपमा चित्रण गरेका थिए।

काठमाण्डुको जमलस्थित राष्ट्रिय नाचघरमा विप्लव, वैद्य र संघीय फोरमका बिभिन्न नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले परिवर्तनकारी माओवादी पार्टीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
‘माओवादीलाई बिभाजन गर्नु, माओवादीबाट अलग जानु या प्रचण्डलाई कमजोर पार्नु भनेको हामी सबै सिद्धिनु हो’, कार्यक्रममा प्रचण्डले भने ।
माओवादी एकता र ध्रुवीकरण प्रक्रिया अगाडि बढेको भन्दै उनले अबका केही वर्षभित्रै माओवादी पुनः सबैभन्दा शक्तिशाली हुने र देशको नेतृत्व गर्ने दाबी गरे ।

‘तपाईं हाम्रा सपनाहरु एकतामा मात्रै साकार हुनेछन्, बिभाजनबाट होइन,’ प्रचण्डले भने, ‘अहिले जारी एकता र ध्रविकरणको प्रक्रिया आउँदो प्रदेश र प्रतिनिधिसभा चुनावमा झन् बढेर जाने छ । र, केही महिना र एकाध वर्षभित्र फेरि माओवादी आन्दोलन देशको शक्तिशाली परिवर्तनकारी क्रान्तिकारी आन्दोलनको रुपमा यो राष्ट्रको नेतृत्वको गर्ने तागतको रुपमा पुनगर्ठित हुने छ ।’

माओवादीलाई पुनर्गठित गर्ने प्रक्रियामा जस्तोसुकै तपस्या गर्न परे पनि तयार हुने प्रचण्डले बताए ।
अहिले पार्टी बिभाजनको भयानक पीडाबाट फेरि एकपटक शक्तिशाली हुने अभियानको नेतृत्व गर्ने ऐतिहासिक गौरव आफूलाई प्राप्त भएको भन्दै प्रचण्डले भने, ‘म धेरै ठूलो ऋणी भएको छु । जिम्मेवारी अझ बढेको छ । जबसम्म यो देशमा उत्पीडित जाति क्षेत्र समुदायको हक अधिकारहरु प्राप्त हुँदैनन्, एउटा समतामुलक सामाजिक न्यायसहितको नयाँ नेपाल बनाउने क्रम पूरा हुँदैन तबसम्म म विश्राम लिने छैन ।’

मधेसमा माओवादी आन्दोलन कमजोर भयो भने मधेसले हार्छ भन्ने चेतना पैदा भन्दै उनले यो माओवादी केन्द्रलाई निकै ठूलो गर्व र खुसीको कुरा भएको बताए ।
प्रचण्डले भने, ‘यो एउटा मिसन हो, यो एउटा यात्रा हो । माओवादी आन्दोलन बलियो भएन भने मधेसी बलियो हुँदैनन् । मजदुर किसान बलियो हुँदैनन् । आदिवासी जनजाती बलियो हुँदैनन् । दलित, महिला, मधेसी, मुस्लिम बलियो हुँदैनन् । यो देशका सबै उत्पीडित वर्ग क्षेत्र, समुदाय बलियो हुँदैनन् । यो चेतनाद्वारा जुन नयाँ ध्रुविकरणको प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने बित्तिकै यो राष्ट्रको परिवर्तन, समाजवाद तिरको यात्रा, शक्तिशाली ढंगले अगाडि बढ्ने छ ।’

कार्यक्रममा संघीय समाजवादी फोरमका सचिवालय सदस्य नवीन रोका, नेकपाका नेताहरु मोहन न्यौपाने र मेखबहादुर विक र वैद्य माओवादीका थमानसिंह तामाङको नेतृत्वको टोली माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस
समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै

  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा