सुन तस्कर भारतमा लुक्दै



हाम्रो इकोनोमि

सुन तस्कर को रैछ चिनौ
सुन तस्करी गर्ने मुख्य आरोपी ब्यक्ति अहिले भारतमा रहेका छन् । उनलाई भतिज नाता पर्ने माओवादी वाट प्रत्यक्ष सिन्धुपाल्चोकमा एक नम्वरमा सांसद उठेको सरल सहयात्री पौडेललले भारत छिर्नलाई सहयोग गरेका थिए । उनै सहयात्रीको योजनामा अस्ति गृहमन्त्रीलाई एक करोड रुपैयाँ बुझाएर भारत उच्च सुरक्षासहित तस्कर राजकुमारलाई भारत पुर्याएको हो । सरलले त्यही तस्करीको पैसामा अर्का तस्करीका सहयोग रामकाजी पौडेलको घर संगै ललितपुरको झरुवाराशीमा १५ करोड रुपैयाँको अति आधुनिक घर वनाईरहेको छ । जसको नक्सा पास भईसकेको छ । त्यो घर रामकाजी पौडेलको नाममा वन्दै छ । त्यहाँ वर्षामान पुनको लागि पनि यही गिरोहले घर वनाईदिएको छपौडेल परिवारका चारै दाजुभाइ तस्करीमा जोडिँदै आएका छन् । राजकुमार कान्छा हुन् । उनका दाजु बच्चु हुन्डी कारोबारमा जोडिने गरेका छन् ।
२०६९ भदौ ३० मा रक्त चन्दन तस्करीमा पक्राउ परेका ध्रुव पौडेल उनका अर्का दाजु हुन् । फुल्पिङकट्टीको स्यालाङकट्टी हुँदै ५० भन्दा बढी भरियालाई बोकाएर ६ टन रक्तचन्दन तातोपानी नाका पार गराउने क्रममा प्रहरी र तस्करबीच जम्काभेट हुँदा गोली चलेको थियो । प्रहरीको गोली लागेर विवेक श्रेष्ठको मृत्यु भएको थियो भने सहयोगी प्रताप तामाङ र बिर्खबहादुर श्रेष्ठ पक्राउ परेका थिए । उनीहरूको बयानका आधारमा ध्रुव सोही वर्ष कात्तिकमा पक्राउ परे । धु्रव फुल्पिङकट्टी गाविसका पूर्वगाविस अध्यक्षसमेत हुन् ।
जिल्लामा एमालेका चल्तापुर्जा उनी पक्राउ परेको १५ दिनमै ३० हजार धरौटी बुझाएर रिहा भए । सिन्धुपाल्चोकका तत्कालीन प्रहरी प्रमुख डिएसपी प्रतापकुमार गुरुङले रक्तचन्दन तस्करीमा धु्रवको नाम आएकाले उनलाई पक्राउ गरिएको बताएका थिए । तर उनीमाथि खरखजाना मुद्दा मात्रै चलेको थियो । त्यतिबेला पक्राउ परेका सबै भरिया जेलचलान भएका थिए । गाविस अध्यक्ष हुँदा धु्रवमाथि तिब्बती नागरिकलाई नागरिकता सिफारिस गरेको अभियोग लागेको थियो ।
उनका अर्का दाजु नारायण डलर तस्करीमा पक्राउ परेर डेढ वर्ष जेल परेका थिए । प्रायः भारतमा बस्ने नारायणले उताबाट रक्तचन्दन पठाउने र नेपालमा धु्रवसहितको सेटिङमा स्थल मार्ग हुँदै खासा पु¥याउने गरेको अनुसन्धानमा खुलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...