विमानस्थल सञ्चालन नहुँदा पर्यटन व्यवसायी मारमा



हाम्रो इकोनोमि

दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनमा आउन नसक्दा यस क्षेत्रका पर्यटन व्यवसायी मारमा परेका छन् ।

विमानस्थल सुचारु नहुँदा यहाँका महत्वपूर्ण पर्यटकीयस्थल ओझेलमा परेका छन् । हवाईसेवा बन्द हुँदा यहाँ विदेशी पर्यटक आउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरेको विमानस्थलका भौतिक संरचना जीर्ण भएका छन् ।

हवाईमैदान स्थानीय बासिन्दाको गाईगोरु चराउने क्षेत्र बनेको छ । पर्यटन व्यवसाय प्रवद्र्धनका लागि हवाईसेवा महत्वपूर्ण भएकाले विमानस्थल सुचारु गर्न पटकपटक आग्रह गर्दा पनि सरकारले सुनवाइ नगरेको पर्यटन व्यवसायी परमानन्द भण्डारी बताउनुहुन्छ । हवाईसेवा नहुँदा यहाँका पर्यटन व्यवसायीले लगानी गर्न नसकेका उहाँको भनाइ छ ।

“हवाईसेवा नहुँदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, सिद्धबाबा, झिलमिला, बेदकोट ताल, विष्णु मन्दिरलगायतका पर्यटकीय क्षेत्र ओझेलमा परेका छन्” उहाँले भन्नुभयो । हवाई यातायातको व्यवस्था नहुँदा यहाँ घुम्न आउने पर्यटकको संख्या नगन्य मात्रामा रहने गरेको छ ।

पर्यटन व्यवसाय प्रवद्र्धनका लागि हवाई यातायात महत्वपूर्ण भएकाले बन्द विमानस्थल सुचारु गर्न सम्बन्धित निकायले चासो राख्नुपर्नेमा यहाँका पर्यटन व्यवसायीले जोड दिएका छन् । विसं २०२५ मा निर्माण गरिएको सो विमानस्थल २०५५ सालदेखि बन्द छ ।

लालझाडीका बासिन्दा बैलगाडामा यात्रा गर्दै

राना थारु समुदायको बाहुल्यता रहेको लालझाडी गाउँपालिकाका बासिन्दा आधारभूत सेवा सुविधाबाट वञ्चित छन् । तीनतिर घनाजंगल र अर्कोतर्फ दोदा नदीले घेरिएको सो गाउँपालिकाका बासिन्दा सडक, नदीमा पक्कीपुल, भरपर्दो स्वास्थ्य सेवा र शिक्षाबाट वञ्चित छन् ।

उक्त गाउँपालिकाको शंकरपुर, बल्मी, कञ्जकसवा, बिनावारी, नैरङगा, बाइसेवीचुवा, पर्सिया, ढुंगा गाउँमा राना थारु समुदायको बसोबास छ । सडकको भरपर्दो व्यवस्था नहुँदा यहाँका बासिन्दा परम्परागत बैलगाडा, राँगागाडा र साइकल चढेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

दोदा नदीको बाढीले वर्षेनी जग्गा कटान गर्दैआएको छ । सडक र नदीमा पुल नहुँदा उत्पादन भएको तरकारी, अन्नबालीलगायत कृषिजन्य वस्तु बजारसम्म ढुवानी गर्न समस्या हुने गरेको छ । बजारसम्म उत्पादित कृषिजन्य वस्तु पु¥याउन नसक्दा यहाँका बासिन्दा व्यावसायिक बन्न नसकेका शंकरपुरका भज्जी राना बताउनुहुन्छ ।

“पुर्खौंदेखिको समस्या हो, अझै पनि यस्तै अवस्था छ,” उहाँले भन्नुभयो । गाउँपालिका क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीसँगै औषधि अभाव छ । गम्भीर बिरामी हुँदा टाढाको अस्पतालसम्म बिरामीलाई लैजान एम्बुलेन्सको अभाव रहेको स्थानीयवासी रामकली रानाले बताउनुभयो । सडकको बिग्रँदो अवस्थाका कारण अन्य क्षेत्रबाट एम्बुलेन्स ल्याउन सकिने अवस्था नुहँदा बिरामीलाई बैलगाडा, राँगागाडा र साइकलमा बोकेर अस्पताल पु¥याउनु पर्ने बाध्यता छ ।

“उपचारका लागि अस्पताल लैजान ढिला हुँदा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ,” नन्दगाउँकी सावित्री रानाले भन्नुभयो । सरकारी उदाशिनताका कारण गाउँको एकीकृत विकास नभएको उहाँको भनाइ छ । राना थारु समुदाय संस्कृति र सीपका क्षेत्रमा धनी भए पनि यसको व्यवसायीकरण हुन सकेको राना बताउनुहुन्छ ।

गाउँपालिकाका प्रमुख मदनसेन बडायकले अन्य स्थानीय तहभन्दा लालझाडीमा समस्या नै समस्या रहेको बताउनुभयो । दोदा नदीको दुई ठाउँमा पक्की पुल, एम्बुलेन्स खरिद र हरेक वडामा सडक सुधारका लागि रु एक करोडका दरले बजेटको व्यस्था मिलाइएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

  मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ...

शीतलहरका कारण दाउन्नेमा राजमार्ग अवरुद्ध

    शीतलहरका कारण नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको...

सुदूरपश्चिममा अन्तराष्ट्रिय पाँचतारे चेन होटेलको तयारी

     होलिडे इन बाइ आइएचजि र क्लब चौलानी लिमिटेडबिच होटल व्यवस्थापन सम्झौतामा...

हयात होटलद्वारा सबै कर्मचारी बर्खास्त

  हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा...