नवराज सिलवालको मुद्दाको सर्वोच्चले आज फैसला सुनाउँदै



हाम्रो इकोनोमि

प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादमा सर्वोच्च अदालतले आज फैसला सुनाउँदै छ।
प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटमाथि भदौ १५ गते सुनुवाई सकेर निर्णय सुनुवाईको मिति आजका लागि तोकिएको थियो।

सिलवालले कार्यसम्पादन र मूल्यांकनमा आफू पहिलो स्थानमा हुँदाहुँदै सुरुमा जयबहादुर चन्द र पछि प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेर आफूमाथि अन्याय भएको भन्दै रिट हालेका थिए।

प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासले फैसला सुनाउँदै छ।
सिलवालका पक्षबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, बद्रीबहादुर कार्की, तुलसी भट्ट तथा अधिवक्ता टीकाराम भट्टराई, दीपेन्द्र झा लगायतले बहस गरेका थिए।

सरकारले बढुवाको पहिलो नम्बरमा आफू भए पनि प्रहरी महानिरीक्षकमा चन्दलाई बढुवा गरेपछि सिलवालले प्रहरी बढुवा विवाद सर्वोच्चमा प्रवेश गराएका थिए । उक्त निवेदनमा सुनुवाई गर्दै सिफारिस भएकै दिन चन्दलाई आइजिपी बनाउने निर्णय कार्यान्वयन नगर्नू भन्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो।

उक्त मुद्दामा फैसला गर्दै तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की सहित पाँच जनाको पूर्ण इजलासले कार्यसम्पादन र मूल्यांकनको अंकका आधारमा बढुवा गर्न आदेश गरेको थियो।अदालतको उक्त आदेशपछि सरकारले मूल्यांकनमा अगाडि देखिएको कारण दिँदै प्रहरी महानिरीक्षकमा अर्याललाई बढुवा गरेको थियो । सरकारको सो कदम विरुद्ध गत चैत ३१ गते सिलवालले दोस्रो रिट दायर गरेका थिए।

उक्त निवेदनमा सुनुवाई गर्दै सर्वोच्चले कारण देखाऊ आदेश मात्र जारी गरेको थियो।

फैसलाका लागि सुनुवाईको मिति तोकिएकै समयमा तत्कालीन प्रधानन्यायाधीश कार्कीमाथि सरकारले महाअभियोगको प्रस्ताव दर्ता गरेको थियो । महाअभियोग सरकारले फिर्ता लिएपछि पुन: अदालत गए पनि कार्कीले उक्त मुद्दा सुनुवाई गरिनन्।

कार्कीपछि आएका प्रधानन्यायाधीश गोपाल पराजुलीले उक्त मुद्दालाई निरन्तर सार्दै आएका थिए । साउन १९ गतेदेखि अन्तिम सुनुवाई सुरु भएको मुद्दामा भदौ १५ गते दुवै पक्षको बहस सकिएको थियो।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...