मन्त्रिपरिषद् विस्तारले आयोग रुष्ट



हाम्रो इकोनोमि

निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद् विस्तारले आचार संहिता उल्लंघन भएको ठहर गरेको छ । साथै चुनावको निष्पक्षतामा असर गर्न सक्ने भन्दै यस्ता कार्य नगर्न नगराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकका तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए । यो आचार संहिता विपरित भएको भन्दै प्रमुख विपक्षी एमाले र राप्रपासहितका दलले विरोध गरेका छन् ।

 

प्रदेश र संसदको चुनावका लागि भदौ १४ बाट आचार संहिता लागू भएको र सातबुँदे निर्देशन दिइसकेको स्मरण गराउँदै आयोगले पछिल्लो मन्त्रिपरिषद् विस्तार त्यस विपरित भएको ठहर गरेको छ ।

आयोगले भनेको छ, ‘मन्त्रिपरिषद् विस्तार कार्यले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने हुँदा यस्ता किसिमका कार्य नगर्न नगराउन सरकारलाई आग्रह गर्दछ ।’

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...