मन्त्रिपरिषद् विस्तारले आयोग रुष्ट



हाम्रो इकोनोमि

निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद् विस्तारले आचार संहिता उल्लंघन भएको ठहर गरेको छ । साथै चुनावको निष्पक्षतामा असर गर्न सक्ने भन्दै यस्ता कार्य नगर्न नगराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकका तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए । यो आचार संहिता विपरित भएको भन्दै प्रमुख विपक्षी एमाले र राप्रपासहितका दलले विरोध गरेका छन् ।

 

प्रदेश र संसदको चुनावका लागि भदौ १४ बाट आचार संहिता लागू भएको र सातबुँदे निर्देशन दिइसकेको स्मरण गराउँदै आयोगले पछिल्लो मन्त्रिपरिषद् विस्तार त्यस विपरित भएको ठहर गरेको छ ।

आयोगले भनेको छ, ‘मन्त्रिपरिषद् विस्तार कार्यले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने हुँदा यस्ता किसिमका कार्य नगर्न नगराउन सरकारलाई आग्रह गर्दछ ।’

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...