बरु आलु,गाँजर,मुला,प्याज टमाटरजस्ता तरकारीको भाउ छ, मन्त्रीको छैन : ओली



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा आलुको भाउ भएको तर मन्त्रीको कुनै भाउ नरहेको टिप्पणी गरेका छन् । ओलीले भने, ‘ अहिले नेपालमा बरु आलु, गाँजर, मुला ,प्याज टमाटरजस्ता तरकारीको भाउ बढेको छ तर मन्त्रीको भाउ सबैभन्दा घटेको छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल विस्तार गरेर ५४ सदस्यीय बनाएपछि ओलीले कोहि मन्त्री बन्यो भन्दा गर्व गर्ने ठाउँ नै नभएको टिप्पणी गरे ।
नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीसँगको एकता कार्यक्रमलाई सोमबार पार्टी कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै उनले थपे, ‘मन्त्री हुँदा भन्दा गर्वको विषय हुनुपर्नुे तर त्यो छँदैछैन ।’
ओलीले भारततर्फ संकेत गर्दै छिमेकीको थोत्रो मानसिकता बदलिनु पर्ने बताउँदै भने, ‘ हेपाहा प्रवित्ति फेरिनुपर्छ । रातारात सीमा स्तम्भ फेनै बानी बदलिनु पर्छ । नेपालकोे जमिन डुबाउनु भएन । हामी समदूरीको सम्बन्ध चाहन्छौं ।’

एमालेले लोकतन्त्र र राष्ट्रियताप्रति बेइमानी नगर्ने भन्दै सुशासनप्रति वफादार छ रहेको समेत ओलीले बताए ।
उनले देशको माया गर्न कुनै पार्टीमा हुनैपर्छ भन्ने नरहेपनि राष्ट्रियताप्रति प्रतिबद्ध पार्टीमा रहनु चाहिँ राम्रो भएको बताए ।
सो अवसरमा ओलीले चूडादेव सिंह नेतृत्वको नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी नामको सिंगै दललाई पार्टीमा विलय गराएका थिए

प्रतिक्रिया दिनुहोस
खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...