यसरी झिक्छन विदेशी नागरिकले नक्कली एटीएमबाट पैसा,प्रहरीको फन्दामा परे १५ विदेशी नागरिक



हाम्रो इकोनोमि

अबैध एटीएम कार्डको प्रयोग गरी नेपाली बैंकको एटीएम पीन र पासवर्ड चोरेर रकम झिक्ने गिरोहमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अप्रेशन थालेको छ।

सीआईबीले युरोपबाट विभिन्न एटीएम कार्ड लिएर आएका टर्किस नागरिक एक्रम ओरम्यान्सी र बुल्गेरियन नागरिक मिट्को स्टोन्योनोभ मिटेभलाई पक्राउ अवैध एटीएम र रकम सहित पक्राउ गरेको छ।

सीआईबी प्रवक्ता एसपी मीरा चौधरीका अनुसार पर्यटक भिसामा नेपाल आएका उनीहरुले रकम झिकेर डलर सटही गरेर विदेश जाने योजनामा थिए। तर, प्रहरीको फेला परे।
उनका अनुसार चाक्सीबारी मार्ग ठमेलबाट पक्राउ परेका बुल्गेरियन नागरिकको साथबाट एक सय २८ एटीमए, चार लाख ४० हजार नेपाली रुपैयाँ, २० अमेरिकी डलर, एक–एक थान मोबाइल, ल्यापटप र कार्ड सिक्मर बरामद गरिएको छ।

त्यस्तै, ठमेलको रोयल पेन्गुईन होटलबाट पक्राउ परेका टर्कीस नागरिकको साथबाट एक हजार दुई सय २५ युरो, नौ हजार सात सय १० अमेरिकी डलर, ३३ हजार इण्डोनेशियन रुपैयाँ ३४ थान एटीएम कार्ड, चार थान मोबाइल तथा एक–एक थान मोबाइल र कार्ड स्किमर बरामद गरिएको छ।
पक्राउ परेका दुबै जनाविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान अगाडि बढाइएको छ।
योसँगै अबैध एटीएम कार्ड प्रयोग गरेर रकम निकाल्ने १५ जना पक्राउ परेका छन्।

सन् २०१४ जुनदेखि हालसम्म रोमानियन, टर्कीस र मोल्दोभियनका चार(चार तथा बुल्गेरियनका तीन गरी १५ जना पूर्वी युरोपेली नागरिक पक्राउ परेको एसपी चौधरीले जानकारी दिइन्। उनीहरुको साथबाट ८८ लाख ६८ हजार आठ सय ५० नेपाली रुपैयाँ, ७५ हजार दुई सय ४५ अमेरिकी डलर र ७३ हजार आठ सय ७५ युरो बरामद गरिएको सीआईबीले जनाएको छ।
एक हजार चार सय ३९ थान अबैध एटीएम पनि जफत गरिएको चौधरीले जनाइन्।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...