यी हुन् राणालाई घाँडा भएका १० सांसद,थापाले भने चोक्टा खान गाकी बुढी झोलमा डुबेर मरी



सरकारमा सहभागि भएसँगै राप्रपा प्रजातान्त्रिकमा भाँडभैलो सुरु भएको छ । र अध्यक्ष पशुपति शमशेर राणालाई १० संसदले टोक्नु न बोक्नु पारेका छन।
सरकारमा सहभागि हुने विषयमा राप्रपा पृष्ठभूमिबाट आएकाहरुलाई अध्यक्ष पशुपति शमशेर राणाले उपेक्षा गरेको भन्दै सो समूहका सांसदहरुले सामूहिक राजिनामा दिने तयारी गरेका छन् ।

अध्यक्ष राणाले सरकारमा जानेहरुको नाम आइतबार सार्वजनिक गरेसँगै सोमबार विहान राणा निवास पुगेका असन्तुष्ट पक्षका रामकुमार शर्मा, सयन्द्र वान्तवा, राज्यलक्ष्मी श्रेष्ठ, कमला शर्मा, विराज विष्ट, बबिना लावती मोक्तान लगायतका सांसदहरुले सरकारमा पठाउने व्यक्तिहरु समावेशी नभएकाले केही नाम फिर्ता लिएर महिलालाई प्राथमिकता दिन माग गरेका थिए ।

‘सरकारमा जाने विषयमा हामीसँग कुनै छलफल पनि भएन, छलफल नभएपनि समाबेशी बनाइएको भए केही थिएन, सवै पुरुषमात्रै पठाइयो त्यो पनि एक व्यक्ति एक पदको नीति विपरित । त्यसैले हामी विकल्प सोच्न बाध्य भयौं’, असन्तुष्ट मध्येकी एक सांसद राज्यलक्ष्मी श्रेष्ठले रातोपाटीसँग भनिन् ‘अब हामी सामुहिक राजिनामा दिने तयारीमा छौं ।’ असन्तुष्टहरुले आजै बिहान अध्यक्ष राणालाई भेटेर अव ‘अन्तिम भेट’ भयो भन्दै फर्किएका थिए ।

भेटमा उनिहरुले रेशम लामाको नाम फिर्ता लिएर कोही एक महिला सांसदलाई सरकारमा पठाउन राणालाई भनेका थिए । तर, जवाफमा अध्यक्ष राणाले ‘अव अहिले केही हुदैन, अर्को पटक हुने मन्त्रिमण्डल विस्तारमा महिलालाई सहभागि गराउला’ भनेर फर्काएका थिए ।
सरकारमै जाने विषयमा राप्रपा अध्यक्ष कमल थापासँग विद्रोह गरेर नयाँ पार्टी गठन गरेका उनीहरु पुनः राणाविरुद्ध विद्रोहको तयारीमा लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्