यी हुन् राणालाई घाँडा भएका १० सांसद,थापाले भने चोक्टा खान गाकी बुढी झोलमा डुबेर मरी



हाम्रो इकोनोमि

सरकारमा सहभागि भएसँगै राप्रपा प्रजातान्त्रिकमा भाँडभैलो सुरु भएको छ । र अध्यक्ष पशुपति शमशेर राणालाई १० संसदले टोक्नु न बोक्नु पारेका छन।
सरकारमा सहभागि हुने विषयमा राप्रपा पृष्ठभूमिबाट आएकाहरुलाई अध्यक्ष पशुपति शमशेर राणाले उपेक्षा गरेको भन्दै सो समूहका सांसदहरुले सामूहिक राजिनामा दिने तयारी गरेका छन् ।

अध्यक्ष राणाले सरकारमा जानेहरुको नाम आइतबार सार्वजनिक गरेसँगै सोमबार विहान राणा निवास पुगेका असन्तुष्ट पक्षका रामकुमार शर्मा, सयन्द्र वान्तवा, राज्यलक्ष्मी श्रेष्ठ, कमला शर्मा, विराज विष्ट, बबिना लावती मोक्तान लगायतका सांसदहरुले सरकारमा पठाउने व्यक्तिहरु समावेशी नभएकाले केही नाम फिर्ता लिएर महिलालाई प्राथमिकता दिन माग गरेका थिए ।

‘सरकारमा जाने विषयमा हामीसँग कुनै छलफल पनि भएन, छलफल नभएपनि समाबेशी बनाइएको भए केही थिएन, सवै पुरुषमात्रै पठाइयो त्यो पनि एक व्यक्ति एक पदको नीति विपरित । त्यसैले हामी विकल्प सोच्न बाध्य भयौं’, असन्तुष्ट मध्येकी एक सांसद राज्यलक्ष्मी श्रेष्ठले रातोपाटीसँग भनिन् ‘अब हामी सामुहिक राजिनामा दिने तयारीमा छौं ।’ असन्तुष्टहरुले आजै बिहान अध्यक्ष राणालाई भेटेर अव ‘अन्तिम भेट’ भयो भन्दै फर्किएका थिए ।

भेटमा उनिहरुले रेशम लामाको नाम फिर्ता लिएर कोही एक महिला सांसदलाई सरकारमा पठाउन राणालाई भनेका थिए । तर, जवाफमा अध्यक्ष राणाले ‘अव अहिले केही हुदैन, अर्को पटक हुने मन्त्रिमण्डल विस्तारमा महिलालाई सहभागि गराउला’ भनेर फर्काएका थिए ।
सरकारमै जाने विषयमा राप्रपा अध्यक्ष कमल थापासँग विद्रोह गरेर नयाँ पार्टी गठन गरेका उनीहरु पुनः राणाविरुद्ध विद्रोहको तयारीमा लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...