मधेशमा भोट तान्न साडी भित्र हजारको नोट बाँडियो,प्रचण्डले भने यसरी माहोल भाँडियो



हाम्रो इकोनोमि

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको चुनावमा माओवादी अन्य पार्टीभन्दा कम नहुने बताएका छन् । तर, अहिले नै मधेसमा माओवादी पार्टी पहिलो भइसक्यो भन्न नसक्ने उनले बताए ।

सोमबार सिन्धुलीमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले तराईको चुनावमा पैसा, रक्सी र मासुले प्रभाव पार्ने बताए । ‘पुराना पार्टीहरुले प्रत्येक महिलालाई एउटा साडी र त्यस भित्र हजारको नोट बाँडेको भेटियो,’ उनले भने ।

महोत्तरीको वर्दिवासमा एउटै भोजमा दश हजार क्विनटल मासु प्रयोग गरिएको भेटिएको बताउँदै उनले भने, ‘मासु र रक्सीले चुनावको परिणाम के आउला भन्न सकिन्नँ ।’

भारतसँग सिमाना जोडिएको सर्लाहीको क्षेत्रमा जाँदा सधैं बुथ कब्जा हुने गरेको पाइएको समेत उनले सुनाए । ‘यो निर्वाचनमा बुथ कब्जा रोक्न मैले गृहमन्त्रीलाई निर्देशन दिएको छु । हेरौं कव्जा नभएको बुथबाट कस्तो परिणाम आउँदो रहेछ,’ प्रचण्डले भने ।
पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनपछि प्रदेश र संघको चुनाव हुने र संविधान पुर्णरुपले कार्यान्वयन हुने धारणा राखे ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...