मधेशमा भोट तान्न साडी भित्र हजारको नोट बाँडियो,प्रचण्डले भने यसरी माहोल भाँडियो



हाम्रो इकोनोमि

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको चुनावमा माओवादी अन्य पार्टीभन्दा कम नहुने बताएका छन् । तर, अहिले नै मधेसमा माओवादी पार्टी पहिलो भइसक्यो भन्न नसक्ने उनले बताए ।

सोमबार सिन्धुलीमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले तराईको चुनावमा पैसा, रक्सी र मासुले प्रभाव पार्ने बताए । ‘पुराना पार्टीहरुले प्रत्येक महिलालाई एउटा साडी र त्यस भित्र हजारको नोट बाँडेको भेटियो,’ उनले भने ।

महोत्तरीको वर्दिवासमा एउटै भोजमा दश हजार क्विनटल मासु प्रयोग गरिएको भेटिएको बताउँदै उनले भने, ‘मासु र रक्सीले चुनावको परिणाम के आउला भन्न सकिन्नँ ।’

भारतसँग सिमाना जोडिएको सर्लाहीको क्षेत्रमा जाँदा सधैं बुथ कब्जा हुने गरेको पाइएको समेत उनले सुनाए । ‘यो निर्वाचनमा बुथ कब्जा रोक्न मैले गृहमन्त्रीलाई निर्देशन दिएको छु । हेरौं कव्जा नभएको बुथबाट कस्तो परिणाम आउँदो रहेछ,’ प्रचण्डले भने ।
पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनपछि प्रदेश र संघको चुनाव हुने र संविधान पुर्णरुपले कार्यान्वयन हुने धारणा राखे ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...