मन्त्री र नेताका गाडीमा सुन तस्करीको शंका पछी मन्त्रीकै गाडीमा चेकजाँच



हाम्रो इकोनोमि

काठमाडौंबाट ८८ किलो अवैध सुन बरामद भएपछि रसुवामा सवारी चेकजाँचमा कडाइ गरिएको छ।
लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालीजंग गणले जिल्लामा भित्रने तथा बाहिरिने सवारी चेकजाँचमा कडाइ गरेको हो। अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा भएको रसुवागढी नाकाबाट सुन तस्करी बढ्दै जान थालेपछि जिल्लाको कालिकास्थान, धुन्चे र रसुवागढीमा सेनाले सामान्य नागरिकदेखि नेता, मन्त्री लगायतले प्रयोग गर्ने सबैखाले सवारी साधनमा चेकजाँच थालेको गणले जनाएको छ।

सुन लगायतका अन्य वस्तुहरुको तस्करीमा सरकारी गाडीको समेत दुरुपयोग हुन सक्ने देखिएपछि पासाङल्हामु राजमार्गको बेत्रावतीदेखि रसुवागढीसम्मको सडकखण्डमा गुड्ने सरकारी, निजी तथा अन्तर्राष्ट्रिय नियोगका सवारी साधनको समेत गणको टोलीले चेकजाँच तथा इन्ट्री गर्ने कार्य सुरु गरेको हो।

८८ किलो सुन प्रकरणमा रसुवागढीमा मात्र सवारी साधनको दर्ता हुनुले नम्बर प्लेट समेत परिवर्तन भएको हुन सक्ने आशंकामा सेनाले सवारी साधनको बिलबुकको र नम्बर फरक भए-नभएको यकिन गर्न चेकजाँच गरिरहेको जनाएको छ।

यसअघि नेपाली सेनाले निजी सवारी साधनको मात्र चेकजाँच र दर्ता गर्ने गरेको थियो।
राजधानीको क्षेत्रपाटीबाट ८८ केजी सुनसहित भदौ १९ गते बिहान बा२७प ६४२७ को गाडी चालक मनोज अधिकारी पक्राउ परेका थिए। त्यसपछि प्रहरीले सुन तस्करीका लागि प्रयोग भएको टाटा स्ट्रोम गाडीलाई रसुवाबाट केरुङ लैजाने र केरुङबाट रसुवा हुँदै काठमाडौं ल्याउने चालकहरु दाम्पा तामाङ र दिलीप खड्कालाई पनि पक्राउ गरिसकेको छ।
बरामद सुनका मालिक चिनियाँ दम्पत्ती याङ वेन विङ र उनका पति पान विई मिङ भएको खुलेको छ।र प्रहरी प्रमुख आर्यालको पनि संलग्नता खुलेको छ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...