मन्त्री र नेताका गाडीमा सुन तस्करीको शंका पछी मन्त्रीकै गाडीमा चेकजाँच



हाम्रो इकोनोमि

काठमाडौंबाट ८८ किलो अवैध सुन बरामद भएपछि रसुवामा सवारी चेकजाँचमा कडाइ गरिएको छ।
लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालीजंग गणले जिल्लामा भित्रने तथा बाहिरिने सवारी चेकजाँचमा कडाइ गरेको हो। अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा भएको रसुवागढी नाकाबाट सुन तस्करी बढ्दै जान थालेपछि जिल्लाको कालिकास्थान, धुन्चे र रसुवागढीमा सेनाले सामान्य नागरिकदेखि नेता, मन्त्री लगायतले प्रयोग गर्ने सबैखाले सवारी साधनमा चेकजाँच थालेको गणले जनाएको छ।

सुन लगायतका अन्य वस्तुहरुको तस्करीमा सरकारी गाडीको समेत दुरुपयोग हुन सक्ने देखिएपछि पासाङल्हामु राजमार्गको बेत्रावतीदेखि रसुवागढीसम्मको सडकखण्डमा गुड्ने सरकारी, निजी तथा अन्तर्राष्ट्रिय नियोगका सवारी साधनको समेत गणको टोलीले चेकजाँच तथा इन्ट्री गर्ने कार्य सुरु गरेको हो।

८८ किलो सुन प्रकरणमा रसुवागढीमा मात्र सवारी साधनको दर्ता हुनुले नम्बर प्लेट समेत परिवर्तन भएको हुन सक्ने आशंकामा सेनाले सवारी साधनको बिलबुकको र नम्बर फरक भए-नभएको यकिन गर्न चेकजाँच गरिरहेको जनाएको छ।

यसअघि नेपाली सेनाले निजी सवारी साधनको मात्र चेकजाँच र दर्ता गर्ने गरेको थियो।
राजधानीको क्षेत्रपाटीबाट ८८ केजी सुनसहित भदौ १९ गते बिहान बा२७प ६४२७ को गाडी चालक मनोज अधिकारी पक्राउ परेका थिए। त्यसपछि प्रहरीले सुन तस्करीका लागि प्रयोग भएको टाटा स्ट्रोम गाडीलाई रसुवाबाट केरुङ लैजाने र केरुङबाट रसुवा हुँदै काठमाडौं ल्याउने चालकहरु दाम्पा तामाङ र दिलीप खड्कालाई पनि पक्राउ गरिसकेको छ।
बरामद सुनका मालिक चिनियाँ दम्पत्ती याङ वेन विङ र उनका पति पान विई मिङ भएको खुलेको छ।र प्रहरी प्रमुख आर्यालको पनि संलग्नता खुलेको छ।

प्रतिक्रिया दिनुहोस
खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...