कोइरालाले लखेट्न थाले संगै प्रकाशमानले पनि दिए शेरबहादुरलाई कडा चेतावनी



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई स्वेच्छाचारी प्रवृत्ति त्याग्न सुझाव दिएका छन् । यदि नसच्चिए सशक्त प्रतिवाद गर्ने उनले चेतावनी समेत दिए ।
बीपी स्मृति दिवसको अवसरमा आइतबार सिन्धुपाल्चोक कांग्रेसको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टी नेतृत्व विधान भन्दापनि ब्यक्तिवादी सोचले चल्ने गरेको आरोप लगाए ।

आफूले पार्टी सुदृढीकरणका लागि प्रयास जारी राखेको भन्दै सिंहले भने, ‘पार्टी सभापति जे जसरी चलिरहनु भएको छ, यदि नसच्चिए कसैको ब्यक्तिगत स्वार्थसिद्ध गर्ने नाउँमा पार्टी कमजोर भएको हेरेर बस्न सक्दैनौं । यसको सशक्त प्रतिवाद गर्छौं ।’

पार्टी एक भएर राष्ट्रिय मुद्दाहरु लिएर जनतामा जानुपर्ने बेलामा बिपक्षीहरुले कांग्रेसलाई अर्थहिन आरोप लगाउँदा समेत खण्डन समेत गर्न नसकेको भन्दै नेतृत्वको आलोचना गरे ।

केन्द्रीय नेतृत्व नै बिधिसम्मत तरिकाले नचल्दा जिल्ला, क्षेत्र, नगर र गाउँमा त्यसको नकारात्मक असर परेको उनले बताए । आफूहरु स्थानीय तहका नेता कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले भने, ‘हामीहरु केन्द्रीय राजनीति सुधार्न लागेका छौं । तपाईं स्थानीय तहका नेताहरुले पनि विधि विधान र अनुशासित भएर पार्टी संगठनलाई सुधार्नुस् ।’

कांग्रेसलाई बिधिसम्मत चलाउन सकेमात्र वीपी कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै उनले कुरा गर्ने नभइ व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।

उनले चुनाव नजिकिएकाले सबै मतभेद भुलेर कांग्रेसलाई जिताउने अभियानमा लाग्न निर्देशनसमेत दिए ।

कार्यक्रममा जिल्ला सभापति बिकास लामा र पूर्व जिल्ला सभापतिहरुले अब कांग्रेसका उम्मेदवारलाई जिताउन आफूहरु एक भएर लाग्ने प्रतिवद्धता जनाएका थिए ।

सिन्धुपाल्चोक कांग्रेसको भवन निर्माणका लागि कांग्रेस पूर्व जिल्ला सभापति स्वर्गीय रोहिणिराज सिग्देलले १३ आना जग्गा प्रदान गरेका छन् । करिब १ करोड ३७ लाख रुपैयाँ लागत अनुमान गरिएको सो भवन आगामी एक वर्षभित्र बनाइसक्ने लक्ष्य रहेको जिल्ला सभापति बिकास लामाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...