भूकम्पपीडितलाई तालिम र रोजगारीको समन्वय हुदै



हाम्रो इकोनोमि

होमनेट नेपालले सञ्चालन गरेको भूकम्पपीडितलाई सीपमूलक तालिम र रोजगारी कार्यक्रम प्रभावकारी देखिएको छ ।

सो संस्थाले रोजगारीको खोजीमा रहेको भूकम्पपीडितको विवरण लिई रोजगारदाता संस्थासँग समन्वय गरी रोजगारी उपलब्ध गराउँदै आएको छ ।

शहरी रोजगार कार्यक्रमअन्तर्गत खाद्य सुरक्षा तथा जीविकोपार्जन परियोजनाअन्तर्गत अक्सफाम नेपालको सहयोगमा होमनेटले निःशुल्क रुपमा रोजगारी खोजिदिने र तालिम दिने कार्यक्रम गर्देआएको छ ।

परियोजनाका निर्देशक रञ्जना शर्माले आफूहरुले खासगरी औपचारिक क्षेत्रमा भन्दा पनि अनौपचारीक क्षेत्रमा रोजगारिका लागि भूमिका खेल्ने गरेको बताउनुभयो ।

भूकम्पबाट प्रभावितलाई उमेर, सीप अनुसार सुहाउँदो काम, तालिम तथा व्यवसायको पहिचान गरी सम्बन्धित स्थानसम्म पदस्थापनका लागि भूमिका खेल्दै आएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,–“रेडियोमार्फत भूकम्पपीडित गरिब परिवारलाई रोजगारीको खोजिमा हुनुहन्छ भने सम्पर्क गर्नुहोस् भनेर विज्ञापन दिने गरेका छौं, सोही आधारमा आवेदन दिएकाको सीप, दक्षताअनुसारको हामीले रोजगारी खोजीदिने गरेका छौँं ।

सिन्धुपाल्चोक, ठूलो सिरुबारीकी रेनुका दुलालले होमनेटको सहयोगमा विशालबजारमा रहेको एक पसलमा रोजगारी पाउनुभएको छ ।

उहाँले भन्नुभयो, “रेडियोमा भूकम्पपीडितलाई रोजगारी भन्ने विज्ञापन सुने, होमनेटको कार्यालयमा आएर निवेदन दिए केही दिनपछि यहाँ रोजगारी पाए ।”

सिन्धुापाल्चोक, साँगाचोकगढीकी गंगा तामाङले पनि होमनेटमा रोजगारीका लागि आवेदन दिनुभएको थियो । सोही संस्थाको सहयोगमा लाजिम्पाटमा रहेको एक होटलमा हाउसकिपिङको काम पाउनुभएको छ ।

सोही संस्थाको सहयोगमा काष्ठ, प्रस्तर र कारिगढी तथा परम्परागत गारो लगाउने तालिम गत हप्तामात्रै सम्पन्न भएको छ । तालिम लिएलगत्तै सहभागीले रोजगारी पाउन सुरु गरेको बताउँछन् ।

कीर्तिपुरकी मनिता महर्जनले परम्परागत गारो बनाउने तालिम लिनुभयो । उहाँले बुटा कसरी राख्ने, झीँगटी लगाउने लगायतका तालिम लिएको जानकारी दिनुभयो ।

ललितपुर, बडिखेल गोदावरीकी रीतु नगरकोटीले गारो लगाउने कामको तालिम लिनुभयो । महिलालाई यस्तो काम गर्न अप्ठेरो हुँदैन भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “खासै अप्ठेरो हुँदैन, यो काम देख्दा शारीरिक परिश्रम बढी हुने गरेको देखिए पनि काम गर्दा शारीरिक परिश्रम भन्दा मानसिक परिश्रम बढी गर्नुपर्छ ।

ललितपुर, चाँपागाउँकी रमिता देशारले काष्ठकारी गढीको १५ दिने तालीम लिएपछि अहिले रोजगारी पाउन सहज भएको बताउनुभयो ।

भूकम्पपछि भत्किएका ऐतिहासिक संरचना पुनःनिर्माणको क्रममा ठूलो संख्यामा काष्ठ, प्रस्तर र कारीगढी तथा परम्परागत गारो लगाउने मजदुरका माग रहेकोले यस्तो तालीम लिएकाहरुले रोजगारी पाउने निश्चित छ ।

मूर्तिको अनुहारको भाग बनाउने तालिम लिनुभएका ललितपुर, न्याखाचोक पाटनका शैलेन्द्र बज्रचायले मूर्तिको हात, खुट्टालगायतका भाग आफूले बनाए पनि मुखको भाग भने तालिमको अभावमा अरुले बनाउने गरेकोमा तालिमपछि आफै बनाउन लागेको जानकारी दिनुभयो ।

काम पाएको बेला महिनामा रु ३० हजार बराबरको रकम आफूले घरमै बसिबसी कमाउने गरेको उहाँले जानकारी दिनुभयो ।

परियोजनाकी निर्देशक शर्माले आफ्नो संस्थामा हालसम्म करिब ६ सयले रोजगारी खोजीदिन आग्रह गर्दै आवेदन दिएको र त्यसमध्ये १२६ जनालाई रोजगारी खोजिदिएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...