शेयर बजार ओरालो लाग्दै



हाम्रो इकोनोमि

धितोपत्र बजारमा यस साता रु दुई अर्ब ४१ करोड २१ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता कूल १७१ कम्पनीको ४४ लाख ९९ हजार ८१० कित्ता शेयर कारोबार भएको थियो ।

कारोबार रकम गत साताको भन्दा ३२ दशमलव २४ प्रतिशत कम हो । गत साता १८० कम्पनीको रु तीन अर्ब ५६ करोड एक लाख २३ हजार बराबरका ७५ लाख ८४ हजार पाँच सय ९० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव शुन्य एक अंकले घटेर अन्तिम दिन एक हजार ५५४ दशमलव ५५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ५२ अंकले बढेर ३२६ दशमलव ०१ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ३१ लाख २० हजारको कारोबार भएको छ । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो कम्पनीको एक लाख ७५ हजार कित्ता शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

कात्तिकका लागि बैंकहरूले घटाए ब्याजदर

      कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ ।...

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच छुट सम्झौता

    आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड र प्रभु बैंक लिमिटेड बीच...

नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुल्यो

    नबिल बैंक लिमिटेडले नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत...