राजनीतिमा बिपीको चरित्र अवलम्बन गर्नुपर्नेमा जोड



हाम्रो इकोनोमि

नेपाली काँग्रेसको राजनीतिमा बिपीको चरित्र अवलम्बन गर्नुपर्नेमा नेताले जोड दिएका छन् । सदरमुकाम बेँसीशहरमा आयोजित बिपीको विचार ः आजको सन्दर्भ विषयक विचार गोष्ठीमा बोल्दै काँग्रेस नेताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रममा बोल्दै राज्य व्यवस्था समितिका अध्यक्ष दिलबहादुर घर्तीले राजनीतिक स्वतन्त्रताको बिपीको लडाइ काँग्रेसले कहिल्यै भूल्न नहुने बताउनुभयो ।
उहाँले बिपीको विचारलाई आत्मसाथ गर्न आदर्श भन्दा व्यावहारिक प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
“शासन नेताले चाहेजस्तो होइन जनताले चाहेजस्तो हुनुपर्छ” नेता घर्तीले भन्नुभयो “त्यो स्वतन्त्रताको लडाइ बिपीले गर्नुभएको थियो ।”
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति भेषबहादुर पौडेल, निवर्तमान सभापति कृष्ण कोइराला, पूर्व सभापति शंकरकान्त जोशी, तुलसीनारायण श्रेष्ठ, क्षेत्रीय सभापति वृषराज गुरुङलगायतले काँग्रेस नेतृत्वले बिपीको विचार आत्मसाथ गर्न नसक्दा पार्टी विचलनमा पुग्न लागेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष विनोद न्यौपानेले बिपीको राजनीतिक इतिहासको बारेमा कार्यपत्र पेश गर्नुभएको थियो ।
यसैगरी प्रजातान्त्रिक विचार समाजका अध्यक्ष शालीग्राम अधिकारीले बिपीको साहित्यक जीवनको बारेमा कार्यपत्र पेश गर्नुभएको थियो भने सोही विषयमा नेपाल लेखक संघका केन्द्रीय सचिव नवीनचन्द्र घिमिरेले टिप्पणी गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...