राजनीतिमा बिपीको चरित्र अवलम्बन गर्नुपर्नेमा जोड



हाम्रो इकोनोमि

नेपाली काँग्रेसको राजनीतिमा बिपीको चरित्र अवलम्बन गर्नुपर्नेमा नेताले जोड दिएका छन् । सदरमुकाम बेँसीशहरमा आयोजित बिपीको विचार ः आजको सन्दर्भ विषयक विचार गोष्ठीमा बोल्दै काँग्रेस नेताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रममा बोल्दै राज्य व्यवस्था समितिका अध्यक्ष दिलबहादुर घर्तीले राजनीतिक स्वतन्त्रताको बिपीको लडाइ काँग्रेसले कहिल्यै भूल्न नहुने बताउनुभयो ।
उहाँले बिपीको विचारलाई आत्मसाथ गर्न आदर्श भन्दा व्यावहारिक प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
“शासन नेताले चाहेजस्तो होइन जनताले चाहेजस्तो हुनुपर्छ” नेता घर्तीले भन्नुभयो “त्यो स्वतन्त्रताको लडाइ बिपीले गर्नुभएको थियो ।”
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति भेषबहादुर पौडेल, निवर्तमान सभापति कृष्ण कोइराला, पूर्व सभापति शंकरकान्त जोशी, तुलसीनारायण श्रेष्ठ, क्षेत्रीय सभापति वृषराज गुरुङलगायतले काँग्रेस नेतृत्वले बिपीको विचार आत्मसाथ गर्न नसक्दा पार्टी विचलनमा पुग्न लागेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष विनोद न्यौपानेले बिपीको राजनीतिक इतिहासको बारेमा कार्यपत्र पेश गर्नुभएको थियो ।
यसैगरी प्रजातान्त्रिक विचार समाजका अध्यक्ष शालीग्राम अधिकारीले बिपीको साहित्यक जीवनको बारेमा कार्यपत्र पेश गर्नुभएको थियो भने सोही विषयमा नेपाल लेखक संघका केन्द्रीय सचिव नवीनचन्द्र घिमिरेले टिप्पणी गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...