पोखरामा लन टेनिस प्रतियोगिता हुने



हाम्रो इकोनोमि

पोखरा रंगशालामा यही भदौ २६ देखि असोज ७ गतेसम्म नेपालमै पहिलोपटक पोखरामा अन्तर्राष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता हुने भएको छ ।
कास्की जिल्ला लन टेनिस संघको आयोजना तथा नेपाल लन टेनिस संघ र अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोगमा हुने सो प्रतियोगितामा नेपाल, भारत र फिनल्याण्डका सिनियर टेनिस खेलाडीको सहभागिता रहने छ ।
पहिलो सिप्mट भदौ २६ देखि ३१ गतेसम्म, दोस्रो सिप्mट असोज २ देखि ७ गतेसम्म हुने आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष विनोद कायस्थले जानकारी दिनुभयो ।
पोखराको पर्यटन प्रवद्र्धनमा यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । प्रतियोगितामा ३५, ४५ र ५५ वर्ष माथिका खेलाडीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।
नेपालका पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा, मनोज राना, इन्द्रजीत राई, राजु श्रेष्ठ, भारतका नरेश खत्री, चन्द्रभूषण, दिलीप महत्री, प्रवीनकुमार नायक जस्ता ख्याति प्राप्त खेलाडीको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा झण्डै ८३ जना खेलाडीको सहभागिता रहने छ ।

 

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...