मन्त्रीको गाडीले ठककर दिदा २ जना घाइते



हाम्रो इकोनोमि

काठमाडौंको बानेश्वरमा मन्त्री सवार गाडीको ठक्करबाट २ जना घाइते भएका छन् । बा १ झ ७१६३ नम्बरको झण्डावाला गाडीले बानेश्वरमा बा ४८ प ९२५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
घाइते दुवै जनाको एभरेष्ट नर्सिङ होममा उपचार भइरहेको छ । लेन मिचेर तिव्र गतिमा आएको गाडीले बाइकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए ।
ठक्करपछि प्रत्यक्षदर्शीले रोक्न खोज्दा खोज्दै पनि मन्त्रीको गाडी भागेको थियो । बानेश्वरमा सुरक्षाका लागि बसेका प्रहरीले ठक्कर दिने गाडीलाई सुरक्षा दिएर भगाएको आरोप प्रत्यक्षदर्शीले लगाएका छन् । ठक्कर दिने बा १ झ ७१६३ नम्बरको गाडीमा मन्त्रीसमेत सवार थिए । तर को मन्त्री सवार थिए भन्ने खुल्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...