भाषा आयोगद्वारा प्रमसमक्ष संक्षिप्त प्रतिवेदन प्रस्तुत



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष भाषा आयोगले आफ्नो संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेको छ ।

आयोगका अध्यक्ष डा लवदेव अवस्थीले एक वर्षमा गरिएको मूलभूत कामको समीक्षासहित आज प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमा संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

प्रतिवेदनमा संविधान संवत् हिसाबले भाषाको कार्यान्वयन हुनुपर्ने, सरकारी कामकाजको भाषाबारे स्पष्ट धारणा आउनुपर्ने, भाषाको संरक्षण र विकास, भाषको लिपि, शब्दकोष, व्याकरण, मातृ भाषाको प्रयोग विस्तार र भाषाको अध्ययन अनुसन्धानलाई अत्यन्त महत्वका साथ उठाइएको छ ।

“१२३ वटा भाषामध्ये धेरै भाषा लोप हुने अवस्थामा पुगेका छन्, त्यसमा सरकारले तत्काल ध्यान पु¥याउनुपर्नेलगायतका विषयलाई प्रतिवेदनमा उल्लेख गरिएको छ”, अध्यक्ष अवस्थीले भन्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले भाषा आयोगलाई चाँडो पूर्णता दिइने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...