छानी छानी कम्युनिष्ट पार्टीका मेयरका उम्मेदवारको घरमा बम बिष्फोट,को थियो घरमै ताकेर बम हान्ने अर्को कम्युनिष्ट



हाम्रो इकोनोमि

प्रदेश नम्बर दुईमा असोज दुई गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएकै दिन बुधबार राति रौतहटमा नेकपा माओवादी केन्द्रका तर्फबाट मेयर उम्मेदवारको घरनजिकै बम विस्फोट भएको छ ।

सिरहामा एमाले उम्मेदवारको घरमा विस्फोट भएको भोलिपल्टै रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाको पूर्वपश्चिम महेन्द्र राजमार्गमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।

यो विस्फोट माओवादी केन्द्रको तर्फबाट मेयर पदमा बुधबार उम्मेदवारी दर्ता गराएका समीर भट्टराईको घर नजिकै भएको स्रोतले जनाएको छ । बुधबार राति करिव साढे नौ बजे बम विष्फोट भएको थियो । विष्फोटबाट कुनै क्षति नभएको स्रोतको भनाइ छ ।

बम विष्फोटको जिम्मेवारी कसैले लिएको छैन । यसअघि मंगलबार राति लहानमा पनि अज्ञात समूहले बम विष्फोट गराएको थियो ।

सुरक्षा स्रोतले सो विष्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको हुन सक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...