छानी छानी कम्युनिष्ट पार्टीका मेयरका उम्मेदवारको घरमा बम बिष्फोट,को थियो घरमै ताकेर बम हान्ने अर्को कम्युनिष्ट



हाम्रो इकोनोमि

प्रदेश नम्बर दुईमा असोज दुई गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएकै दिन बुधबार राति रौतहटमा नेकपा माओवादी केन्द्रका तर्फबाट मेयर उम्मेदवारको घरनजिकै बम विस्फोट भएको छ ।

सिरहामा एमाले उम्मेदवारको घरमा विस्फोट भएको भोलिपल्टै रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाको पूर्वपश्चिम महेन्द्र राजमार्गमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।

यो विस्फोट माओवादी केन्द्रको तर्फबाट मेयर पदमा बुधबार उम्मेदवारी दर्ता गराएका समीर भट्टराईको घर नजिकै भएको स्रोतले जनाएको छ । बुधबार राति करिव साढे नौ बजे बम विष्फोट भएको थियो । विष्फोटबाट कुनै क्षति नभएको स्रोतको भनाइ छ ।

बम विष्फोटको जिम्मेवारी कसैले लिएको छैन । यसअघि मंगलबार राति लहानमा पनि अज्ञात समूहले बम विष्फोट गराएको थियो ।

सुरक्षा स्रोतले सो विष्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको हुन सक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...