छुरा प्रहार गरी रकम लुट्ने पक्राउ



हाम्रो इकोनोमि

गत साउनको पहिलो हप्ता दोलखा सदरमुकाम चरिकोटका एक व्यापारीलाई छुरा प्रहार गरी रकम लुट्ने लुटेरा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं ३ का २० वर्षीय अरुण ठकुरी रहेका छन् । ठकुरीलाई दोलखा प्रहरीले विशेष सुराकीका आधारमा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कालिञ्चोक गाउँपालिका वडा नं ८ स्थायी घर भएका व्यवसायी राजेन्द्र पौडेललाई छुरा प्रहार गरी रु चार लाख २५ हजार लुटेको अभियोगमा ठकुरीलाई पक्राउ गरिएको हो । प्रहरीले ठकुरीसहित तीन जनालाई पक्राउ गरे पनि बाँकी दुई जनाको नाम सार्वजनिक गरेको छैन । नियन्त्रणमा रहेका ठकुरी भने लुटपाट घटनाको मुख्य नाइके भएको दोलखा प्रहरीले जनाएको छ ।

गत साउन ८ गते चरिकोटस्थित होटल रोशीमा खाजा खाइरहेका व्यवसायी पौडेललाई छ÷सात जनाको समूहले छुरा प्रहार गरी नगद लुटेका थिए । प्रहरीले यसअघि सोही घटनामा चरिकोटकै विक्रम नेपालीलाई पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...