एक महिनादेखि टुकीको भरमा, किसानलाई नोक्सान



हाम्रो इकोनोमि

रैनादेवी छहरा गाउँपालिकास्थित छहराको साल्लेधारा र तीनधार क्षेत्रका बासिन्दा एक महिनादेखि टुकीको भरमा रात बिताउन बाध्य भएका छन् ।

विद्युत् ट्रान्सफर्मर चट्याङ लागेर पड्केपछि साउन २८ गतेदेखि १२० घरधुरी अँध्यारोमा रात बिताउन बाध्य भएका हुन् । मोबाइल र लाइट चार्ज गर्नमात्र एक घण्टा पैदल हिँडेर मेहलधाप पुग्नुपर्ने बाध्यता रहेको छ ।

विद्युत् प्राधिकरण, पाल्पा वितरण केन्द्रलाई मर्मतका लागि गुहारे पनि ढिलासुस्तीका कारण एक महिनासम्म मर्मत कार्य हुन नसक्दा समस्या बढेको छ । विद्युत् प्राधिकरणले सानातिना काममा समेत ढिलासुस्ती गर्दै आएको उपभोक्ताको गुनासो छ ।

छहराको साल्लेधारा र तीनधार क्षेत्रमा गाईको दूध उत्पादनका लागि पकेट क्षेत्र रहेकोमा विद्युत् आपूर्ति एक महिनादेखि हुन नसक्दा साँझको दूध पूरै नष्ट हुने किसान नारायण पोखरेलले गुनासो गर्नुभयो ।

विद्युत् आपूर्ति हुन नसक्दा फ्रिजमा दूध राख्दा बिग्रिने र एक दिनपछि खान समेत नमिल्ने भएपछि सोही दिन खिर र कुराउनी खान थालेको स्थानीय बासिन्दा टेकराज पोखरेलले बताउनुभयो ।

फ्रिज बिना गाईको दूध राख्न सकिँदैन, दही जमाउन समस्या र घ्यूसमेत नलाग्ने भएपछि किसानको दूध नोक्सान हुँदै आएपछि चिन्तित बनेका छन् । रात बिताउन मुस्किल मात्र होइन, किसानले उत्पादन गरेको साँझको दूध नोक्सान भएकोमा ठूलो घाटाप्रति विद्युत् प्राधिकरणले बेवास्ता गरेको गुनासो स्थानीय बासिन्दाको छ ।

सामुदायिक विद्युत् वितरण केन्द्र छहराका अध्यक्ष तथा स्थानीय बासिन्दा टेकराज पोखरेलले पटकपटक विद्युत् प्राधिकरण पाल्पामा गए पनि काम हुन नसक्दा सास्ती मात्र भोग्न बाध्य भएको बताउनुभयो ।
ढिलासुस्तीका कारण स्थानीय बासिन्दाको समय र लगानी खेर गएकोमा दुखेसो पोख्नुभयो । विद्युत् बत्ती घरमा जडान भएपनि बत्तीमुनिको अँध्यारोमा बस्न स्थानीय बाध्य छन् ।

ट्रान्सफर्मर मर्मतका लागि बुटवलको औद्योगिक क्षेत्रमा मर्मत भए पनि ल्याउने अनुमति विद्युत् प्राधिकरण बुटवलले नदिएपछि झनै सास्ती भएको छ । बुटवलबाट ल्याए पछि विद्युत् ट्रान्सफर्मर जडानमा ढिलासुस्ती गर्न नहुने स्थानीय बासिन्दाको आवाज रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

इरानको पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...