प्रचण्ड र देउवालाई सराप्दै कमल थापाले भने-एमालेसँग साथ अरुलाई धारे हात



राष्ट्रिय प्रजातन्त्र पार्टीले तराईमा रहेको हिन्दुत्व र राजतन्त्रको जनमतलाई भोटमा बदल्ने चुनावी रणनीति लिएको छ। असोज २ मा हुने दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा पहिलो र दोस्रो चरणको निर्वाचनको नजिताभन्दा केही सुधार गर्ने राप्रपाले अपेक्षा गरेको छ।

दुई नम्बर प्रदेशको निर्वाचनमा आठ जिल्लामा रहेको हिन्दुत्व र राजतन्त्र पक्षधर जनमतलाई आफ्नो पक्षमा तान्न सके उत्साहजनक परिणाम हात पर्ने राप्रपाको ठहर छ। राप्रपा केन्द्रबाटै समन्वय समिति गठन गरेर निर्वाचनमा होमिएको छ।

उम्मेदवारको टुंगो मंगलबार साँझसम्म लगाइने
राप्रपाले मंगलबार साँझसम्म सबै स्थानीय तहका उम्मेदवारको टुंगो लगाउने भएको छ। राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले मंगलबार बेलुकासम्म सबै उम्मेदवारको टुंगो लाग्ने बताए। ‘हामीले अधिकांश उम्मेदवार छनोट गरिससकेका छौं। मंगलबार साँझसम्म बाँकी उम्मेदवार छान्छौं,’ उनले भने।

श्रेष्ठले दुई नम्बर प्रदेशको निर्वाचनमा पार्टीले सबै ठाउँमा उम्मेदवारी दिने बताए। राप्रपाले उम्मेदवारी छनोटको सम्पूर्ण अधिकार स्थानीय र जिल्ला कार्यसमितिलाई दिएको छ।

श्रेष्ठले उम्मेदवारी छनोटमा केन्द्रको तर्फबाट अनुगमन र समन्वय गर्नका लागि पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ नेतृत्वको समुह फिल्डमा रहेको बताए। राप्रपा महामन्त्री जयन्त चन्दले स्थानीयमात्र नभएर प्रदेश र केन्द्रको निर्वाचनका लागि समेत पार्टीले तयारी गरिरहेको बताए। ‘हामीले आगामी प्रदेश र केन्द्रको निर्वाचनलाई समेत लक्षित गरेर प्याकेजमै चुनावी कार्यक्रमहरु बनाएका छौं’, उनले भने,‘पाँच र सात नम्बर प्रदेशको कार्यकर्ता भेला सकियो, १ नम्बरको चलिरहेको छ।’

उनले पनि केन्द्रले उम्मेदवारी छनोटमा कुनै हस्तक्षेप नगर्ने बताए। ‘हामीले विधानमा नै उम्मेदवार छनोटको प्राबधान उल्लेख गरेका छौं, गाउँ र नगरले ३ जना सम्भावित उम्मेदवारको नाम जिल्ला कार्यसमितिलाई पठाउने र उसैले उम्मेदवार छनोट गर्ने भनेर’, उनले भने।
राप्रपाले जनस्तरमा लोकप्रिय व्यक्तिलाई पार्टीको तर्फबाट स्थानीय तहमा उठाउने नीति अख्तियार गरेको छ। यस्तै, अन्य पार्टी परित्याग गरेर आउने लोकप्रिय व्यक्तिहरुलाई समेत प्राथमिकताका साथ राप्रपाले उम्मेदवार बनाउने भएको छ।

तराईको हिन्दुत्व र राजतन्त्र पक्षधर जनमतलाई भोटमा बदल्ने
राप्रपाले दुई नम्बर प्रदेशमा हिन्दुत्व र राजतन्त्र पक्षधर जनमत भएकाले त्यसलाई भोटमा बदल्ने रणनीति लिएको सहप्रवक्ता श्रेष्ठले बताए। ‘राप्रपाले उठाउँदै आएको राजतन्त्र पुनःस्थापना र हिन्दुराष्ट्रको पक्षमा तराईमा राम्रो जनमत छ, त्यसलाई भोटमा रुपान्तरण गर्न सकेको खण्डमा हामीले राम्रो परिणाम हासिल गर्न सक्छौं’, श्रेष्ठले भने।

महामन्त्री चन्दले पनि तराईमा आफ्नो पार्टीको एजेण्डाप्रति प्रतिबद्ध जनमत रहेको बताए। ‘राजतन्त्र पुनःस्थापना र हिन्दु राष्ट्रको पक्षमा राम्रो जनमत तराईमा छ त्यसका साथसाथै यसपटक केन्द्रले नै रणनीतिक रुपमा सशक्त प्रचार प्रसार गर्ने र जनतालाई हाम्रो धारणा बुझाउने गरी चुनावी अभियान थाल्छौं’, उनले भने,‘अघिल्लो पटकभन्दा यसपटक हाम्रो नतिजामा सुधार आउँछ।’

एमालेसँगको तालमेल पहिलो प्राथमिकता
राप्रपाले २ नम्बर प्रदेशको निर्वाचनमा पनि देशभक्त र राष्ट्रवादी शक्तिसंग तालमेल गर्ने भएको छ। मनोनयनको एक दिनअघिसम्म राप्रपाले कुनै पनि दलसँग तालमेल भने गरिसकेको छैन। तर, उसले तालमेल स्थानीय आवश्यकता अनुसार तालमेलको जिम्मेवारीपनि स्थानीय कमिटीलाई नै दिएको छ।

‘हामीले देशभक्त र राष्ट्रवादी शक्तिसंगै तालमेल गर्छौँ, स्थानीय आवश्यकता अनुसार तालमेल हुन्छ, केन्द्रबाट हुँदैन’, श्रेष्ठले भने,‘राष्ट्रवादी र देशभक्त शक्तिसंग तालमेल गरिने भएकाले एमालेसंगको तालमेललाई हामीले अल्लि बढी प्राथमिकतामा राखेका छौं।’

महामन्त्री चन्दले राप्रपा सैद्धान्तिक रुपमा तालमेलको पक्षमा रहेको बताए। ‘हामी सैद्धान्तिक रुपमा तालमेलको पक्षमा छौं’, उनले भने,‘हामीसंग तालमेल गर्न उत्सुकता देखाउने पार्टीसंग स्थानीय लेभलबाटै तालमेल हुन्छ।’

राप्रपाले दुई नम्बर प्रदेशमा आफ्नो उपस्थिति सुदृढ हुने आंकलन गरेको छ। राप्रपा स्थानीय तह निर्वाचनमा मात्रै नभएर आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा समेत पार्टीको बलियो उपस्थिति हुने वातावरण बनाउन लागि परेको नेपालखबरले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय