ठूलीभेरीमा फसेका तीन जनाको उद्धार



हाम्रो इकोनोमि

ठूलीभेरी नदीमा ट्र्याक्टर पल्टिँदा चालकसहित फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ ।

ठूलीभेरी नगरपालिका–३ स्थित लामालोटेमा ढुंगासहितको रा१त ७४८१ नंको ट्र्याक्टर नदी पार गराउने क्रममा बीच नदीमा पल्टेको प्रहरीले जनाएको छ । यही भदौ १९ गते साँँझ सवा ६ बजेतिर नदीमा ट्र्याक्टर पल्टेपछि सवार तीन जना बेपत्ता भएको खबर प्राप्त भएलगत्तै कालीदत्त गुल्म सुलिगाड, भगवती दल गुल्म भदालेका सैनिक र जिप्रका डोल्पाको प्रहरीसहितको टोलीले जीवितै उद्धार गरेको हो ।
उद्धार गरिएकामा रुकुम जिल्ला स्यालापाखा गाउँपालिका–४ निवासी ट्र्याक्टर चालक २१ वर्षीय कानरबहादुर कामी तथा सल्यान जिल्ला कुमा गाउँपालिका–४ निवासी १७ वर्षीय टीकाराम बिसी र ५३ वर्षीय जनक बिसी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भेरीमा पानीको बहाव उच्च भएकाले ट्र्याक्टर नदीबाट झिक्न नसकिएको भगवती दल गुल्मका गुल्मपति सौगात सिंखडाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...