प्रधानमन्त्री प्रत्यक्ष निर्वाचनबाट हुनुपर्छ : डा लोहनी



एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलको अन्त्य गर्न प्रधानमन्त्रीको प्रत्यक्ष चुनाव गर्ने व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।

पार्टीद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा डा लोहनीले अहिलेको समानुपातिक व्यवस्थाबाट स्थायी सरकारको सम्भावना कम रहेको बताउँदै प्रतिनिधिसभाको चुनाव प्रत्यक्ष मतदाताका आधारमा हुनुपर्ने बताउनुभयो ।

माथिल्लो सदनमा मुलुकका सबै जाति र समुदायको प्रतिनिधित्व जनसङ्ख्याको अनुपातमा सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “राज्यको विभिन्न तहमा भागबण्डाका आधारमा पद बाँड्ने प्रवृत्तिको विकास भएको छ, यसले भ्रष्टाचार मौलाएको छ, प्रतिस्पर्धाका आधारमा सक्षम व्यक्तिलाई उचित स्थान दिनुपर्छ ।”

भ्रष्टाचारको अन्त्य, विधिको शासन, रोजगारीको व्यवस्था गरी युवा जनशक्तिलाई उपयोग गर्नपर्नेलगायत माग गरी पार्टीले सरकारलाई दबाब दिने उद्देश्यले यही भदौ २१ देखि २३ गतेसम्म काठमाडौँ उपत्यकामा कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

प्रधानमन्त्री केपी ओलीविरुद्ध रवि लामिछानेको कडा आक्रोश

     प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी

रवि लामिछानेको प्रदर्शनमा प्रहरीद्धारा अश्रुग्यास प्रहार

    रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार

प्रत्येक जिल्लाबाट पोखरा पुग्न रास्वपाको सर्कुलर

     राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न