ठमेल र दरमार्गका डिएसपीले मनपरी गरेपछी एसएसपी रविन्द्र धानुकले लिए यस्तो खैलाबैला हुने ‘एक्सन’



महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रहरी प्रमूख एसएसपी रविन्द्र धानुकले आफू मातहत प्रहरी यूनिटका ईन्चार्जको सातो लिएका छन् । गैर कानुनी क्रियाकलाप गरे, लेनदेनका मुद्दा हेरे, सेवा ग्राहीलाई अनावश्यक दुःख दिएमा र कतैबाट आर्थीक लाभ लिएमा कडा कारवाहीको भागिदार हुनुपर्ने भन्दै सातो लिएका हुन् ।
परिसरको कमाण्ड सम्हाले लगत्तै मातहतलाई ब्रिफिङ गर्दै उनले बृत्तका डिएसपीलाई सुझाएका हुन् । आक्रमक शैलीमा प्रस्तुत भएका एसएसपी धानुकले बृत्तका डिएसपीलाई जो सुकैको पावरमा आएको भएपनि गल्ती गरे कारवाहीबाट जोगिने ठाँउ नभएको चेतावनी समेत दिई सकेका छन् ।

तत्कालिन समयमा एसपी रमेश खरेलको पालामा बन्द भएको लाईन खाने काठमाण्डु प्रहरीको प्रचलन बिस्तारै शुरू भएको छ । रात्रीकालिन व्यावसाय देखि होटल र क्यासिनोबाट तत्कालिन समयमा बृत्त र प्रभागका ईञ्र्चाजले मासिक खाँदै आएका थिए । त्यो प्रचलन रमेश खरेलको आगमनसँगै बन्द भएको थियो । तर यहिले तीन बर्ष यता फेरि सुरू भएको चर्चा प्रहरी भित्रै छ । एसएसपी धानुकले कसैले कुनै व्यापारीसँग लाईन मिलाएर आर्थिक लाभ लिने जमाना गएको बताए । आफू मातहत कुनै प्रहरीले यस्तो हर्कत गरेको पाईएका कठा कारवाही गर्ने बताए ।

काठमाण्डु अवसर भन्दा चुनौती बढी भएको क्षेत्रका रूपमा चिनिन्छ । राष्ट्र देखि अन्तराष्ट्रिय आपराधिक गिरोहको सञ्जाल समेत काठमाण्डुमा जोडिएको छ । त्यसलाई चिर्न सक्नु नै काठमाण्डु प्रहरीको सफलता मानिन्छ । प्रहरी ईन्चार्जको सरूवासँगै आफू अनुकुल नियम बनाउँने परिपाटीले व्यापारीसमेत मारमा पर्दै आएका छन् । प्रायः रात्रीकालिन व्यसायीमा आश्रितहरूको लागि प्रहरी ईञ्चार्जको सरूवाले पिरोल्ने गर्ने गरेको व्यापारीहरू बताउँछन् ।

रात्रीकालिन व्यापार रहेको राजधानीको मुटु ठमेल र दरबारमार्ग क्षेत्रमा प्रहरीका दुई बृत्त छन् । जसको कमाण्ड भिन्नाभिन्नै डिएसपीले सम्हाल्दै आएका छन् । ठमेलको केही भाग दरबारमार्ग बृत्तको क्षेत्रमा पर्छ । तर एउटै ठमेलमा दुई वटा नियम कानुन छ । दरबारमार्ग बृत्तका डिएसपी तिलक भारतीले आफ्नो क्षेत्रमा डान्सबारलाई १२ बजे र डिस्कोलाई दुई बजेसम्म खुल्न दिएका छन् । उता लैनचौर बृत्तका डिएसपी दिपक पोखरेलले पहिलाकै नियमलाई यथावत राख्दै डिस्को थेकलाई ४ र डान्सबारहरू दुई बजेसम्म नै सञ्चालन गर्न दिएका छन् ।

एउटै ठमेलमा कुनै बार १२ बजे नै बन्द गर्नु पर्ने कुनै दुई बजेसम्म खुल्ला रहने परिपाटीका कारण १२ बजे बन्द गर्नु पर्ने व्यापारीहरू मारमा परेको बताउँछन् । रेष्टुरेन्टको स्थलगत निरीक्षण पश्चात मात्र समय बढाउने डिएसपी भारतीले उनका क्षेत्रका व्यापरीलाई जानकारी गराएको एक व्यापरीले बताए । तर दरबारमार्ग क्षेत्रमा रहेका केही डिस्को भने बिहान चार बजेसम्म सञ्चालन हुँदै आएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७४, मंगलबार  ०७ : ५७  बजे

प्रतिक्रिया दिनुहोस
वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री

कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम