नक्कली स्टीकरसहित पक्राउनक्कली स्टीकरसहित पक्राउ



हाम्रो इकोनोमि

आन्तरिक कार्यालयको छापअंकित ५० केजी ( ८७ हजारभन्दा बढी) नक्कली स्टीकरसहित आइतबार पक्राउ परेका भारतीय वीरेन्द्र गुप्तालाई थुनामा राखी अनुसन्धान भइरहेको छ ।

भारतबाट समान लिई नेपालतर्फ आइरहेको हिमालय ट्रान्सपोर्टको गाडी वीरगञ्ज भन्सार क्षेत्रमा जाँच गर्दा सो नक्कली स्टीकर फेला परेको आन्तरिक राजस्व कार्यालय पर्साले जनाएको छ । कार्यालयका अनुसार सो स्टीकर काठमाडौँ बौद्धस्थित हरिओम टे«डिंग प्रालिको रहेको अनुसन्धान क्रममा खुल्न आएको छ । सो स्टीकर आन्तरिक राजस्व विभागले मात्र मगाउने कानून प्रावधान रहे पनि हरिओम ट्रेडिङ प्रालिले कसरी ल्यायो भन्नेबारेमा छानबिन भइरहेको छ ।
आन्तरिक राजस्व कार्यालयका निमित्त प्रमुख रञ्जीता दत्तले अभियुक्त गुप्तालाई थुनामा राखी बयान लिने काम भइरहेको बताउनुभयो ।
कपडा बरामद
वडा प्रहरी कार्यालय बिर्ताले गए राति वीरगञ्ज महानगरपालिका–५ कारागार क्षेत्रमा रहेको एक घरमा छापा मारी रु २० लाख मूल्य बराबरका विभिन्न प्रकारका कपडा बरामद गरेको छ ।
सो घरमा डेरा लिई बस्दै आएका उमाशंकर पण्डितले भारतबाट अवैध रुपमा कपडा तस्करी गरी उक्त घरमा राखेको सूचनाका आधारमा प्रहरीले छापा मारेको प्रहरी निरीक्षक अनीशकुमार कर्णले राससलाई बताउनुभयो । फरार पण्डितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...