भारतीय दलालसमेत रहेका कांग्रेस साम्सदलाई धोबी चुटाइ गरेका यादवलाई प्रचण्डले यसरी भित्र्याए



हाम्रो इकोनोमि

राजपा नेपालका वरिष्ठ नेता शिवपूजन यादवसहित दर्जनौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यादव सर्लाही क्षेत्र नम्बर ६ बाट निर्वाचित पूर्व सांसद समेत हुन् । यो क्षेत्रबाट अहिले नेपाली कांग्रेसका अमरेश सिंह सांसद छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता यादवसहितका सयौँ नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खादा लगाएर पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश गर्नेमा नेता यादवसहित राजपाका केन्द्रीय सदस्यहरु रामबाबू दास, रामएकवाल राय, राजपा जिल्ला उपाध्यक्ष महेन्द्र प्रसाद यादव, क्षेत्रीय सभापतिहरु अनिलकुमार सिंह, अनितादेवी यादव, विश्वमोहन सिंहलगायत दुई दर्जन नेताहरु लगायत रहेका छन् । अधिकांश नेता पूर्व गाबिस अध्यक्षहरु छन् ।

राजपाका वरिष्ठ नेता शिवपूजन यादव तीनै नेता हुन् जसले नेपाली कांग्रेसका नेता एवं सर्लाही क्षेत्र नम्बर ६ का निर्वाचित सांसद अमरेशकुमार सिंहमाथि कुटपीट गरेका थिए । गत वर्षको माघ अन्तिम साता गडहिया डुमरियास्थित जनता माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनमा ‘मैले जे भन्छु त्यो हुन्छ त्यसैले मैले भनेकै व्यक्ति अध्यक्ष हुनुपर्छ’ भन्दा सांसद सिंहले यादवसहितका नेता र अभिभावकबाट कुटाई खाएका थिए ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...