८८ किलो सुनका चाइनिज मालिक,नेपालका यी हुन् साझेदार,यसरी खुल्यो पोल



हाम्रो इकोनोमि

महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहान दुई बजे क्षेत्रपाटीबाट बरामद गरेको सुनका चिनियाँ मालिकको परिचय खुलेको छ। सोमबार विहान याङ वेन विङ र उनका पति पान विई मिङले भारत तस्करीका लागि तयारी अवस्थामा राखेको सुन विशेष सुराकीका आधारमा महाशाखाको टोलीले बरामद गरेको हो।

उच्च प्रहरी स्रोतका अनुसार सुन मालिक चिनियाँ दम्पत्तीको विमल अग्रवाल, विजय अग्रवाल र दिपक मल्होत्रा समूहसँग निकट सम्बन्ध छ। प्रहरीले चिनियाँ दम्पत्तीको नेपाली साझेदारबारे अनुसन्धान तीव्र बनाएको छ।

काठमाडौंको ठमेलमा ‘काठमाडौं वन’ होटल सञ्चालन गरेका चिनियाँ दम्पत्ती चीनबाट नेपाल सुन ल्याउने र भण्डार गर्नेसम्मको जिम्मेबारी पाएका कारोबारी हुन्। सुनको अवैध कारोबारका लागि २०७० मा चिनियाँ दम्पत्तीले आफ्नै नाममा कम्पनी रजिस्ट्रारको कार्यालयमा होटल दर्ता गराएका थिए। होटलको जिम्मेवारी नेपाली नागरिक मोहन श्रेष्ठलाई दिइएको छ।

महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले सुनका कारोबारी चिनियाँ नागरिक भएको बताए पनि उनीहरुको परिचय खुलाउन चाहेनन्। सोमबार पत्रकार सम्मेलनमा एसएसपी लोहनीले भने, ‘सुनका मालिक चिनियाँ भएको भन्ने छ, संगठित अपराध ऐन अन्तर्गत थप अनुसन्धान हुनेछ।’

चीनको तिब्बत नाका भएर नेपाल भित्रने सुन यी दम्पत्तीको होटलमा जम्मा हुने र मौका अनुसार साना गाडीमा फल्स बटम बनाएर भारत पुर्‍याउने गरिएको थियो। प्रहरीकै उच्च तहको मिलमतोमा लामो समयदेखि अवैध सुनको तस्करी हुँदै आएको थियो। यसपटक सेटिङ नमिलेपछि तस्करको समूहबाटै सूचना चुहिएपछि प्रहरीले सुन बरामद गर्न सकेको हो।

महानगरीय प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखालाई एकै व्यक्तिले सुनका विषयमा सूचना दिए पनि अन्तमा महाशाखाले बरामद गरेको हो।

महाशाखाले क्षेत्रपाटीबाट बा१७च ६४२७ नम्बरको गाडीसहित चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको छ। गाडीको विभिन्न पार्टपुर्जामा कालो टेपले बेरेर लुकाइएका एक केजी लेखिएको ८८ थान सुनका बिस्कुट बरामद भएको हो। महाशाखाका अनुसार बरामद सुनको बजार मुल्य ४३ करोड रुपैयाँ पर्ने नेपाल लाइभले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...