नाङ्गै बसेर आनन्द लिन चाहनेलाई सरकारले नै गरिदियो यस्तो व्यवस्था



हाम्रो इकोनोमि

फ्रान्सको राजधानी पेरिसमा पहिलोपटक नाङ्गै बसेर आनन्द लिन चाहने प्रकृतीप्रेमीहरुका लागि ‘न्यूडिस्ट पार्क’ खुल्ला गरिएको छ ।
पेरिसको चरा संरक्षण केन्द्र नजिकै रहेको ‘बोइस डी विन्सेनस पार्क’भित्र निर्माण गरिएको उक्त ‘न्यूडिस्ट पार्क’ सेप्टेम्बर महिनाको सुरुसँगै खुल्ला गरिएपछि १० जना प्रकृतीप्रेमीहरुले सामुहिक रुपमा नाङ्गै बसेर आनन्द लिएका छन् ।

‘मिरर अनलाइन’का अनुसार फ्रान्सेली नागरिकहरुले राजधानीमा नाङ्गै बसेर आनन्द लिन एक हरियाली ‘न्यूडिस्ट पार्क’को माग गरेको लामो समयपछि पेरिसका मेयरले उनीहरुका माग पुरा गरीदिएका हुन् ।

फ्रान्सका अधिकारीहरुले गरेको एक अध्ययन अनुसार फ्रान्समा ४०० भन्दा बढी सामुद्रिक तटमा करिव २५ लाखभन्दा बढी नागरिकले ‘न्यूडिज्म’ अर्थात नाङ्गिएर आनन्द लिने अभ्यास गर्दछन् ।

सरकारको तथ्यांकमा आफ्ना नागरिक ‘न्यूडिज्म’प्रति आर्कषित भएको देखेपछि यसलाई सम्बोधन गर्न ‘न्यूडिस्ट पार्क’ खोलिएको बताइएको छ ।

पेरिस मेयर कार्यालयले पहिलो ‘न्यूडिस्ट पार्क’ खुल्ला गर्दै एक प्रयोगात्मक कदम भएको बताएको छ । कार्यालयले भनेको छ, ‘यो पेरिसको सार्वजनिक स्थानको प्रयोगको लागि खुल्ला दिमागको लक्ष्य हो ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...