नाङ्गै बसेर आनन्द लिन चाहनेलाई सरकारले नै गरिदियो यस्तो व्यवस्था



हाम्रो इकोनोमि

फ्रान्सको राजधानी पेरिसमा पहिलोपटक नाङ्गै बसेर आनन्द लिन चाहने प्रकृतीप्रेमीहरुका लागि ‘न्यूडिस्ट पार्क’ खुल्ला गरिएको छ ।
पेरिसको चरा संरक्षण केन्द्र नजिकै रहेको ‘बोइस डी विन्सेनस पार्क’भित्र निर्माण गरिएको उक्त ‘न्यूडिस्ट पार्क’ सेप्टेम्बर महिनाको सुरुसँगै खुल्ला गरिएपछि १० जना प्रकृतीप्रेमीहरुले सामुहिक रुपमा नाङ्गै बसेर आनन्द लिएका छन् ।

‘मिरर अनलाइन’का अनुसार फ्रान्सेली नागरिकहरुले राजधानीमा नाङ्गै बसेर आनन्द लिन एक हरियाली ‘न्यूडिस्ट पार्क’को माग गरेको लामो समयपछि पेरिसका मेयरले उनीहरुका माग पुरा गरीदिएका हुन् ।

फ्रान्सका अधिकारीहरुले गरेको एक अध्ययन अनुसार फ्रान्समा ४०० भन्दा बढी सामुद्रिक तटमा करिव २५ लाखभन्दा बढी नागरिकले ‘न्यूडिज्म’ अर्थात नाङ्गिएर आनन्द लिने अभ्यास गर्दछन् ।

सरकारको तथ्यांकमा आफ्ना नागरिक ‘न्यूडिज्म’प्रति आर्कषित भएको देखेपछि यसलाई सम्बोधन गर्न ‘न्यूडिस्ट पार्क’ खोलिएको बताइएको छ ।

पेरिस मेयर कार्यालयले पहिलो ‘न्यूडिस्ट पार्क’ खुल्ला गर्दै एक प्रयोगात्मक कदम भएको बताएको छ । कार्यालयले भनेको छ, ‘यो पेरिसको सार्वजनिक स्थानको प्रयोगको लागि खुल्ला दिमागको लक्ष्य हो ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

बागबजार र ववरमहलमा बक्स कल्भर्ट निर्माण हुने

    काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

लैङ्गिक न्यायमूलक पत्रकारिता सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

    लैङ्गिक न्यायपुर्ण समाज निमार्णको लागि पत्रकार र मिडियाको भुमिका प्रबद्र्धन गर्ने...