काश्य पदक विजेता भण्डारीलाई सम्मान



हाम्रो इकोनोमि

दक्षिण कोरियाको सिओलमा सम्पन्न ५१ औँ एशियन बडिबिल्डिङ प्रतियोगिता २०१७ मा ५५ केजी तौल समूहमा काश्य पदक विजेता कमल भण्डारीलाई बुल्समेन क्लबले आज यहाँ सम्मान गरेको छ ।

खेलका माध्यमबाट अन्तरराष्ट्रियस्तरमा पदक जितेर समग्र नेपालको खेल जगतलाई गुन लगाएको भन्दै रु ४० हजार नगदसहित उहाँलाई सम्मान गरिएको हो ।

क्लबका अध्यक्ष एवं जिल्ला खेलकुद विकास समितिका सदस्य नुना गुरुङले अन्तरराष्ट्रियस्तरको पदक जितेर भण्डारीले नेपालीको शिर उँचो बनाएको बताउँदै आसन्न विश्वकप स्तरीय प्रतियोगितामा उहाँ सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

बडिबिल्डिङ अत्यन्त खर्चिलो खेल भए पनि यसतर्फ राज्यको चासो नभएको बताउँदै उहाँले विश्वमा नेपालको पहिचान गराउन सक्ने भण्डारीजस्ता खेलाडीलाई राज्य एवं खेलप्रेमीबाट सहयोग आवश्यक रहेको बताउनुभयो ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले आर्थिक अभावमा सम्भावना बोकेका खेलाडी ओझेलमा पर्न नहुने बताउँदै राज्यबाट प्रदान गरिने सेवा सुविधा खेलको प्रकृति एवं आवश्यकताका आधारमा हुनुपर्नेमा जोड दिनुभयो ।

सम्मानित खेलाडी भण्डारीले बडिबिल्डिङ खेलप्रति राज्यले चासो दिन नसकेको गुनासो गर्दै खेलाडीलाई प्रोत्साहित गर्ने किसिमको व्यवहार आवश्यक भएको बताउनुभयो ।

“नेपाली खेलाडी अवसर भएमा विश्वका जस्तोसुकै प्रतियोगितामा पनि देशको पहिचान राख्न सक्छन् तर त्यसका लागि राज्यको सहयोग अपरिहार्य छ तर त्यो अवस्था सिर्जना हुन नसक्नु हामी सबैका लागि दुःखद् कुरा हो ।” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...