काश्य पदक विजेता भण्डारीलाई सम्मान



दक्षिण कोरियाको सिओलमा सम्पन्न ५१ औँ एशियन बडिबिल्डिङ प्रतियोगिता २०१७ मा ५५ केजी तौल समूहमा काश्य पदक विजेता कमल भण्डारीलाई बुल्समेन क्लबले आज यहाँ सम्मान गरेको छ ।

खेलका माध्यमबाट अन्तरराष्ट्रियस्तरमा पदक जितेर समग्र नेपालको खेल जगतलाई गुन लगाएको भन्दै रु ४० हजार नगदसहित उहाँलाई सम्मान गरिएको हो ।

क्लबका अध्यक्ष एवं जिल्ला खेलकुद विकास समितिका सदस्य नुना गुरुङले अन्तरराष्ट्रियस्तरको पदक जितेर भण्डारीले नेपालीको शिर उँचो बनाएको बताउँदै आसन्न विश्वकप स्तरीय प्रतियोगितामा उहाँ सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

बडिबिल्डिङ अत्यन्त खर्चिलो खेल भए पनि यसतर्फ राज्यको चासो नभएको बताउँदै उहाँले विश्वमा नेपालको पहिचान गराउन सक्ने भण्डारीजस्ता खेलाडीलाई राज्य एवं खेलप्रेमीबाट सहयोग आवश्यक रहेको बताउनुभयो ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले आर्थिक अभावमा सम्भावना बोकेका खेलाडी ओझेलमा पर्न नहुने बताउँदै राज्यबाट प्रदान गरिने सेवा सुविधा खेलको प्रकृति एवं आवश्यकताका आधारमा हुनुपर्नेमा जोड दिनुभयो ।

सम्मानित खेलाडी भण्डारीले बडिबिल्डिङ खेलप्रति राज्यले चासो दिन नसकेको गुनासो गर्दै खेलाडीलाई प्रोत्साहित गर्ने किसिमको व्यवहार आवश्यक भएको बताउनुभयो ।

“नेपाली खेलाडी अवसर भएमा विश्वका जस्तोसुकै प्रतियोगितामा पनि देशको पहिचान राख्न सक्छन् तर त्यसका लागि राज्यको सहयोग अपरिहार्य छ तर त्यो अवस्था सिर्जना हुन नसक्नु हामी सबैका लागि दुःखद् कुरा हो ।” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
पेरिस ओलम्पिक २०२४ आजदेखि सुरु

    विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको

क्रिकेटर सन्दीप लामिछानेको भिसा अन्योलमा

    क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ

सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल

    क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको

सन्दीपलाई अमेरिका पठाउन भिसा प्रक्रिया सुरु

    नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन